एकल भाषिक र एकल सांस्किृतिक अन्तरवस्तु सहितको नाम मात्रको राज्यको पुनसंरचना चाहिएन । ….

नेपाली जनयुद्घ र ऐतिहासिक जनआनदोलनले सदियौं पुरानो राजतन्त्रलाई विस्थापन गरी गणतन्त्रको नयाँ युग शुरु गरेको छ । करिब साठी बर्षेदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानले नै यो सम्भव भएको हो । यसबीचमा जागरण र परिवर्तनका लागी धेरै आन्दोलन र संघर्षहरु भए । तर प्रत्येक पटक सत्ता र परिवर्तनको नेतृत्व गर्ने राजनीतिक नेतृत्व बिचको सम्झौताले परिवर्तन तार्किक निश्कर्षमा पुग्न सकेन । यसपटक महान जनयुद्घ र ऐतिहासिक जनआन्दोलनद्वारा निर्मित शक्तिले यो अधुरो सपना पुरा भएकोछ । परिवर्तन भएको छ तर देशमा कायम संक्रमण काल लम्बिनाले यो संस्थागत हुन भने सकेको छैन । पहिलो संविधान सभाको असामयिक मृत्यु र दोश्रो संविधान सभाको निर्वाचनमा परिवर्तनलाई यहाँसम्म ल्याइपु¥याउन मुख्य भूमिका खेल्ने पार्टीहरुको आफ्नै कारणले नराम्रोसंग पछाडी परेको छ । अहिलेको अवस्थाले कतै संविधान सभाबाट संघियता सहितको अग्रगामी संविधान बन्दैन की भन्ने शंका लाग्ने वातावरण सिर्जना भएको छ । तर लोकतन्त्रमा विश्वास गर्ने सबैले जनताको अभिमतलाई विश्वास गरी अगाडी बढ्नुपर्छ । किन हिजो जनताले सबैभन्दा ठूलो पार्टी बनाए र आज किन उनैले पुरातन र यथास्थितिवादी भनिने पार्टीलाई वजयी बनाए । सबैले सोंच्नु पर्ने बेला भएकोछ । जे होस सबै राजनीतिक पार्टीका कार्यकर्ता र नेतृत्वले सोच्ने नै छन् । जनताको चाहनालाई ख्याल गर्दै परिवर्तनलाई संस्थागत गर्ने कार्यमा गम्भिर भएर लाग्नेछन् ।
जनताले लामो समयदेखि परिवर्तनको लागि त्याग गरे पनि अहिले उनीहरु निरास र हतास भएकाछन् । यहाँको अस्तव्यस्तता, बेरोजगारी र बढ्दो गरिबिका कारण ठूलो जनशक्ति विदेसिएकोछ । यसरी विदेशनेमा उच्च शिक्षा हासिल गरेका दक्ष र अदक्ष दुबै खाले यस पंक्तिमा छन् । निरासा बढ्दो छ । अब पनि हामी प्राप्त उपलब्धीलाई बचाउँदै परिवर्तनलाई संस्थागत गरी अगाडी नबढ्ने हो भने प्रतिक्रान्तिकारी शक्तिले सजिलै फेरी पनि हामी माथि राज गर्नेछन् । संक्रमणकाल लामो समयसम्म लम्बिनाले सबैतिर अस्तव्यस्तता र जनतामा निराशा बढ्न जान्छ । जुन परिवर्तका लागि शुभ मानिदैन । आशा गरौं हाम्रा राजनीतिक पार्टीका नेतृत्वले यसतर्फ समयमै ध्यान दिने छन् । तर यसको अर्थ यो होइन की संक्रमणकाल छोट्याउने नाममा हिजोकै मूल्य मान्यता सहितको संविधान बने पनि हुन्छ । हिजो कै केन्द्रीकृत राज्य प्रणाली र एकल भाषिक र साँस्कृतिक अन्तरवस्तु सहितको नाम मात्रको राज्यको पुनर्संरचना भए पनि हुन्छ ।

सुर्य दोङ तामाङ

निवर्तमान सल्लाहकार तामाङ समाज कतार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै