कसैको आँखा पुग्न सकेको छैन ताप्लेजुङको पहिरो पीडितलाई ! ….

गत जेष्ठ ३१ गते ताप्लेजुङ जिल्लाको दोखु नगरपालिका पानी ट्यांकी- ८स्थित २जना नाबालकको ज्यान घर समेत पहिरोले गुमाएका श्रीमती समेत घाइते हुने गरि गएको पहिरो पिडित मन कुमार तामाङको परिवारलाई साउन २८ गते शुक्रबार सुस्मिता फाउन्डेसनका अध्यक्ष सुस्मिता थिङ तामाङ र नर बहादुर तामाङ (कोमल) ले संयुक्त रुपमा नेपाली रु३३५५५०.००(तीन लाख पैंतीस हजार पांच सय पचास रुपैयाँ ) एक कार्यक्रमका बिच हस्तान्तरण गरियो।सो रकम हङकङमा रहेको नेपाली धावक तथा समाजसेवी सन्तोस तामाङ बिश्वास र नेपालकी करांते खेलाडी तथा समाजसेवी सुस्मिता थिङ तामाङको पहलमा संकलन भएको थियो।रकम हस्तान्तरण गर्दै सुस्मिता फ़ाउण्डेशन का अध्यक्ष सुस्मिता थिङ तामाङले एक नेपालीलाई समस्य पर्दा अर्को नेपालीले सहयोग गर्ने हाम्रो कर्तव्य हो भन्नू भयो।भुकम्प पिडितदेखी विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आउनु भएका नेपाली करांते खेलाडी तथा समाजसेबी सुस्मिता थिङ तामाङले सुस्मिता फाउन्डेसन स्थापना गरि ३२जना अनाथ बालबालिकाहरुलाई बिधालय अध्ययनदेखि खाने बस्ने सबै खर्च बेहोर्दै आउनु भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै