कविता ….

रेगिस्तानबाट ल्होछारलाई सम्बोधन ! 
पुराने (ल्हो) वर्षहरुले
उपहार स्वरुप थम्याएका
हजार हजार पीडाब्यथाहरु
मुटुको मैदनमा बिछ्याएर
अनगिन्ति सपनाका
आकाशले ढाक्दै रेगिस्तानी
बस्ती भित्रका शहर बजार अनी
बगरहरुमा भौतारिन बिवश
म मेरो हाम्रो ल्होछारलाई
सम्बोधन गर्छु
यी नै कर्म भूमि माथि टेकेर
बिगतका वर्षहरु
अचेतनाको आँध्यारोले खर्लप्पै
निल्दा मैले जीवन बाँच्न
सिकेका मानव बस्तिमा
चेतनाको ज्योति हराए
अशान्तिका हुरी बतासले
शान्तिका दियो जल्न पटक्कै
दिएनन्
कयौं आमाहरुको काख रित्तिए
कयौं चलीहरुको
सिउँदो पुछिए
कयौं सपुतहरु
शहीद बने
अनि
अनि म जस्तै कयौं
निर्दोष निर्दोष
जिन्दगीहरु
अपराध बिनाको सजाय
भोगिरहन बाध्य भए भुगोलका अनेकौं
कुनाकाप्चहरुमा !
त्यसैले
त्यसैले अबको (छार ल्हो) नयाँ वर्षले
मान्छे भित्रका पुरानो
मैलो बिचारहरु पखालिन
नयाँ बिचारका कोशी
बगाइयोस्
यौटा कल्पना भित्र हराएर
सारा जगत नदेखिने
हिटलरि आँखाहरुमा
बुद्धका दृष्यि लगाईयोस् !
अनि मात्रै खुल्ने छ
एकले अर्को मान्छेको अस्तित्व
चपाउन लगाइएका ती
बिभेदका हतकटीहरु
हट्ने छन् विकृतिका
अन्धकार
अनि
फुल्ने छ ल्होछार संगै
साकेला उधौली योमरी आदि आदि
एकै साथ सुन्दर फुल बनेर
छर्नेछ सुवास आदिम्
मनव सभ्यताको

फेर्नेछ युगले
समानताको सास !
सुरेशमान रुम्बा तामाङ
मदानपुर–९, बाराही, नुवाकोट
सदस्यः– प्रवासी तामाङ समाज कतार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै