अब बिहान ५ बजे देखि बेलुका ७ बजे सम्म मदिरा किन्न नपाईने

16837849_1298596960179115_196257177_nस्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ अनुसार सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरुलाई मदिरा रहित गर्ने व्यवस्था मिलाईने नीति अबलम्बन गर्ने भएको छ। उक्त नितिमा सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कुनैपनी कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने बताइएको छ।सरकारले अब देखि सार्बजनिक समारोह,बिबहा उत्सब लगाएतका अन्य कार्यक्रमहरु पुर्णरुपमा मदिरारहित बनाउने ब्यबस्था मिलाउने भएको छ।

 

16901621_1298597026845775_1479261150_nमन्त्रीपरिषद्बारा सोमबार पारित भएको नितिमा अन्य केही ब्यबस्था पनि लागू गर्ने भएको छ जस अनुसार फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तिमा १ लिटर भन्दा बढी खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिनेछ।उमेरको हकबन्दी पनि तोकिनेछ।उमेरको हकमा एक्काईस वर्ष उमेर नपुगेका व्यक्ति साथै गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था मिलाईने छ।मन्त्रालयले यसको प्रबर्द्धनका कार्यक्रम ल्याउनुका साथै पोस्टर पम्पलेट पर्चा टासिने जनाएको छ ।

16924264_1298598963512248_1725662659_n

स्वास्थ्य मन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार सरकारले यो नीति कार्यन्वयन गर्न चाडै कार्यनीति र ब्यबस्था ल्याइने छ र अब बिहान ५ बजे देखि बेलुका ७ बजे सम्म कुनै मदिरा खरिद बिक्रि गर्न पनि नपाईने ब्यबस्था पनि लागुहुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै