कविता ….

  हु म को ? 

झुक्न म जान्दिन, ढाटेको मान्दिन ।
लड्न तयार हुन्छु बरु, हट्न म जान्दिन ।  ।
सगरमाथा जस्तो उच्चा शिर मेरो।
आदिवासि जनजाति परे म।

हजारौ सभ्यता बसालि सकेको।
सुगन्ध आउछ यो माटोमा पुर्खा को। ।
मेरो भुमिको अस्तित्व जोगाइ राख्ने।
भुमिपुत्र आदिम सिपाहि परे म। ।

पहिलो सपूत हौ हामी, पन्चतत्व साछी छ।
शहिद बन्नु परे पनि, अरु भन्दा अघि छ। ।
खुकुरीको भरमा महा युध्द जित्ने।
विर गोर्खली परे म। ।
सस्कृति, धर्म, भाषा, वर्ण छ अनेक।
हामी जनजाती छौ सर्वत्र एक। ।
विश्वो सामु नेपाललाई उदाउने।
सास्कृतिक प्रतिभाका धनि परे म। ।

 

कमल योन्जन तामाङ
लेले_८,लप्से,तौसुर
हाल कतार
सचिव – नेपाल प्रवासी तामाङ समाज कातार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै