कतारमा रहने नेपालीहरुको लगानीबाट नेपालमा संचालित छिमेकी मार्ट लिमिटेडमा शपिंग गरे बापत भाग्यशाली उपहारको व्यवस्था

कतारमा रहने नेपालीहरुको लगानीबाट नेपालमा संचालित छिमेकी मार्ट लिमिटेडमा शपिंग गरे बापत भाग्यशाली उपहारको व्यवस्था

महान चाड दशै, तिहार एबम छठको पावन अबसरमा छिमेकी मार्ट लिमिटेडले ग्राहकहरुको आकर्षण स्वरुप बिशेष भाग्यशाली पुरस्कारहरुको व्यवस्था गरेको छ ।

ग्राहक तथा उपभोक्ताहरुलाई छिमेकी मार्टमा किनमेल गर्दा जिन्सि पुरस्कारको व्यवस्था मिलाएको हो । यो भाग्यशाली योजनाले ग्राहकहरुको खरिद बजार मनशायलाई बिकास गर्दै अबका दिनहरुमा मार्टहरुमा पनि ग्राहकहरुको लागि बिभिन्न तवरबाट लाभदायक हुने र सर्बशुलभ दरहरुमा सामानहरु उपलब्ध हुने रहेछ भन्ने छाप बनाउन यस्तो किसिमको अभिप्रेरितमुखी कार्य गरेको छिमेकी मार्टका अध्यक्ष शंखलाल तामाङले बताए ।
अध्यक्ष तामाङ्गको अनुसार बिदेशमा मात्रै नभएर नेपालमा पनि ग्राहकहरुको बजार सम्बन्धि सोचमा धेरै बिकास भइ सकेकोले अब सेवा स“गै पारिवारिक एबम सुरक्षित वाताबरण तय गर्नु पनि अपरिहार्य महशुस भएकोले यस्तो किसिमको कार्यक्रम ल्याएको जानकारी दिए । अझै पनि अधिकाशं ग्राहकहरुको सोचाई अनुसार मार्टहरुमा अन्य साना खुद्रा पसल र होलसेल पसलभन्दा धेरै महंगो मुल्य हुन्छ भन्ने असत्य अडकल बाजीलाई तुलनात्मक तवरमा अबिश्वास दिलाउनका लागि पनि विभिन्न पर्वका अवसरमा आवश्यक सामानहरुमा बिशेष सस्तो मुल्य दरमा बिक्रिका लागि ब्यवस्था मिलाएको सेल्स तथा मार्केटिङ्ग डाइरेक्टर नर बहादुर घिसिङ्ग तामाङ्गले आºनो प्रष्टयाए ।

दुबै शाखाको कुनैपनि स्थानबाट रु. ५०० बराबरको सामान खरिदमा एउटा कुपन सोहि समयमा प्राप्त गर्न सकिने र भाग्यशाली उपहार योजना आश्विन १६ गते देखि कार्तिक २१ गते २०७३ तदानुसार October-02 to November-06, 2016 सम्म लागु हुनेछ भने भाग्यशाली चिठ्ठा खोल्ने मिति कार्तिक–२४ २०७३ ९ल्यख(ण्ढ, द्दण्ज्ञट० रामहिटि शाखाको लागि र कार्तिक (२५, २०७३ (Nov-10, 2016) सरस्वती नगरको लागि बिहानको ठिक १०ः३० बजे सम्पुर्ण ग्राहकहरुको उपस्थितीमा भाग्यशाली चिठ्ठा खोली बिभिन्न पुरस्कारहरु बितरण गर्ने कार्यक्रम रहेको जानकारी ब्यवस्थापकीय पक्षले दिएको छ ।

ग्राहकहरुको निरन्तर साथ–सहयोगमा अन्य विभिन्न उपहार योजनाहरु भबिष्यमा पनि लागु गर्दै जाने र मुल्य दरहरुलाई सम्भव भएसम्म कम र सर्बशुलभका साथमा सेवा प्रदान गर्ने कुराको जानकारी सञ्चालक समितिका राजकुमार तामाङ्गद्धारा प्रतिबद्धता जनाएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै