नमो तस्स भागवतो अरहतो सम्मा सम्बुद्धस्स ….

नमो तस्स भागवतो अरहतो सम्मा सम्बुद्धस्स = नमस्कार छ उहाँ अरहात समम्याकसम बुद्धलाई

​बुद्धम् शरणम् गच्छामि = बुद्धको शरणमा जान्छु ।

धम्मम् शरणम् गच्छामि = धर्मको शरणमा जान्छु ।

संघम् शरणम् गच्छामि = संघको शरणमा जान्छु ।

चार आर्यसत्य :- दुःख सत्य, दुःखको कारण सत्य, दुःखको निवाराण सत्य र दुःखको निवारणको मार्ग सत्य ।

पञ्चशील

१. प्राणी हिंसा नगर्नु ।

२. चोरी नगर्नु ।

३. ब्यभिचार (परस्त्री तथा परपुरुष गमन) नगर्नु ।

४. झुटो नबोल्नु ।

५. नशालु तथा प्रमादयुक्त वस्तुहरु सेवन नगर्नु ।

अष्ठशील

१. प्राणी हिंसा नगर्नु ।

२. चोरी नगर्नु ।

३. ब्रम्हचरीय पालन गर्नु ।

४. झुटो नबोल्नु ।

५. नशालु तथा प्रमादयुक्त वस्तुहरु सेवन नगर्नु ।

६. विकाल भोजन नगर्नु ।

७. नाच्ने, गाउने, बजाउने र अशोभनीय खेल तमाशा हेर्ने तथा माला, गन्ध, विभूषण आदि धारण गर्नेबाट अलग रहनु ।

८. अग्लो र विलाशमय आशनमा नसुत्नु ।

दश पारमिता

१. दान– त्याग २. शिल– नैतीक गुण ३. नैष्कम्य– अनाशक्ती ४. प्रज्ञा– प्रत्यक्ष ज्ञान अथवा यथार्थ ज्ञान ५. विर्य– उत्साह ६. क्षान्ती– शहनशिलता ७. अधिष्ठान – प्रतिज्ञा ८. सत्य– सत बचन ९. मैत्री– समानता १०. उपेक्षा– मध्यस्थता

आर्य अष्टांग मार्ग

सद्दृष्टि : चार आर्य सत्यमा विश्वास गर्नु ।

सद्संकल्प : मानसिक तथा नैतिक विकासको प्रतिज्ञा गर्नु ।

सद्वचन : हानिकारक कुरा तथा झुटो नबोल्नु ।

सद्कर्म : हानिकारक काम नगर्नु ।

सद्जीविका : कुनै पनि स्पष्टता वा अस्पष्टता हानिकारक व्यापार नगर्नु ।

सद्प्रयास : आफुले आफैलाई सुधार्नको लागि कोशिश गर्नु ।

सद्स्मृति : स्पष्ट ज्ञानले देख्नको लागि मानसिक योग्यता पाप्त गर्ने कोशिश गर्नु ।

सद्समाधि : निर्वाण पाउन अथवा स्वयं संसार छोड्ने ध्यानदृष्टि ।

प्रतीत्य समुत्पाद

अविद्याको कारण संस्कार बनिन्छ ।

संस्कारको कारण विज्ञान बनिन्छ ।

विज्ञानको कारण नाम रुप बनिन्छ ।

नामरुपको कारण षडायतना अर्थात ६ ईन्द्रीयहरु बनिन्छ ।

फस्साको कारणले स्पर्श हुन्छ ।

स्पर्शको कारणले वेदना बनिन्छ ।

वेदनाको कारणले तृणा बनिन्छ ।

तृष्णाको कारणले उपादन अर्थात ग्रहण वा ग्रहण गर्ने इच्छा बनिन्छ ।

उपादनको कारण भव अथवा आवागमन बनिन्छ ।

भवको कारण जाति अथवा जन्मा हुन्छ ।

जातीको कारणले रोगी, शोक, बृद्ध र अन्तमा मरण हुन्छ ।

यसरी यो भव चक्र निरन्तर कायम रहन्छ जब सम्म तृष्णाको क्षय हुँदैन । तृष्णाको क्षय पछि निर्वाण प्राप्ती हुन्छ यसरी अविद्याको स्वतः अन्त हुन्छ । भगवान बुद्धबाट प्राप्त यी संक्षिप्त कुराहारु राख्दै अब म विषय प्रवेश गर्न गइरहेको छु । बौद्ध धर्मालम्बीहरुको लागि पूर्णिमा अर्थात बैशाख पुर्णिमा धेरै नै महत्वपूर्ण दिन हो । किनकि बैशाख पुर्णिमा कै दिनमा शाक्यमुनी भगवान सिदद्धार्थ गौतमको जन्म लुम्बिनी नेपालमा भएको थियो । बैशाख पुर्णिमा कै दिनमा ६ वर्षको कठोर तपस्या पस्चात बोद्गया भारतमा महा सम्बोधी अर्थात बुद्धत्व प्राप्त गरी बुद्ध हुनु भएको थियो । साथै बैशाख पुर्णिमा कै दिनमा ८० वर्षको उमेरमा आफूले पाप्त गरेको सत्य तथा तथ्य ज्ञानको दिब्य उपदेश दिदा दिदै मानव जातिका साथै यस जगतका चराचर प्राणिजगतलाई मुक्तिको लागि शान्तिको मार्ग देखाउनु भएर कुशिनगर भारतमा महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो ।

त्यसैले यस पुर्णिमाको दिनलाई पुन्य तिथिको रुपमा लिएर प्रत्येक मुम्बा, बिहार, स्तुपा, चैत्य तथा माने र घरघरहरुमा बिशेष पूजापाठका साथै शुभकार्यहरु गरिन्छ । बुद्ध धर्ममा पुजा दुई तरिकाले गरिन्छ । क. अमिसपूजा (भौतिक पुष्प–धूप आदिले गर्ने पुजा) ख. प्रतिपत्ति अर्थात व्यवहारिक पूजा (मान्छेको आफ्नो स्वभाव सदाचार राम्रो पार्ने, आ–आफ्नो आचरण व्यवहारमा सुधार ल्याउने ।) दुई थरी पूजा भन्नु भए तापनि बुद्धले प्रतिपत्ति आचरण शुद्धि पूजालाई नै प्रशंसा गर्नुभएको देखिन्छ । केवल भक्तिभावले मात्र युक्त भई मूर्ति पूजामा लागि व्यवहारमा निस्कृय हुन्छ भने अर्थात् अर्को भाषामा भन्ने हो भने आफूले गर्नुपर्ने काम–काज नगरी अन्धविश्वासमा मात्र लागिरहन्छ भने त्यो केवल देखावटी पूजा र धर्म मात्र हुन जानेछ । गौतम बुद्ध भन्नुहुन्छ, “म दरदानबाट टाढा छु । ‘तुम्हेहि किच्चं आतप्पं अक्खातारो तथागता’ अर्थात् काममा आफैले उत्साह र प्रयत्न गर्नुपर्छ, तथागत त मार्ग प्रदर्शक मात्र हो । त्यस बाटोमा हिँड्न सक्ने व्यक्तिले मात्र आफ्नो लक्ष्य पुरा गर्न सक्नेछ । मैले तिमीहरु सबैको मुक्तिको जिम्मा लिन सक्तिन । तिमीहरु आफ्नो ज्योतिमा हिँड्ने गर, ‘अप्पो दीपो भव, अत्ताहि अत्तनो नथो’ अर्थात् आफ्नो खुट्टामा टेक्ने र आफ्नै भरोसामा रहने प्रयत्न गर । अर्काको भरोसामा नबस । रिस, लोभ, इश्र्या अभिलाषा र अभिमानलाई सदाको लागि नष्ट गरि दुःखबाट पूर्ण रुपले मुक्त महामानवलाई बुद्ध भनिन्छ । यस संसारमा कयौं महा मानवहरु बुद्ध भए त्यस मध्ये तिलौराकोटको शाक्य कुलमा जन्मिनुभएको सिद्धार्थ गौतम बुद्ध एक हुन् । हाम्रो देश नेपाको नाम उच्च राख्नमा महान काममा योग्दान दिनेहरुको नामहरुको अगाडि पहिलो राष्ट्रिय विभुती भनेर हामी गौरव गर्दछौं । भगवान सिद्धार्थ गौतम बुद्ध आफुले प्राप्त गर्नु भएको महाबोधी सत्व र तथ्य ज्ञानलाई उपदेशको रुपमा शान्ति मोक्ष्य प्राप्तिको लागि मार्गदर्शन गर्नु भएको छ । त्यही बाटोलाई धर्म भनिन्छ । बुद्ध धर्मले मानव जातिलाई रुडिवादी, कुरिती र कुसंस्कारले ब्याप्त पुरान सामाजिक बिचारधाराबाट बिउँझिएर बुद्ध बन्न अभिप्रेरित गर्दछ साथै बुद्ध धर्म केवल मानव जातिको लागि मात्र नभएर सम्पूर्ण लोकका चराचर प्राणिजगतको हित र कल्याणको लागि दुःखबाट मुक्तिको मार्ग गर्ने हो । भगवान सिद्धार्थ गौतम बुद्धद्धारा निर्देशित धर्मको  मार्गमा अनुशासित भएर लाग्ने सम्पूर्ण मध्यममार्गी अनुयायीहरुलाई संघ भनिन्छ । भिक्षु, भिखुणी, उपासक र उपासिका संघका रुपहरु हुन् । दुःखका चार आर्य सत्यहरुको बोध गरी त्यसबाट सदाको लागि मुक्ती पाउन पञ्चशिल, अष्ठशिलका साथै दश पारमिता आफ्नो दैनिकी जीवनमा लागु गर्न सकेमा आफ्नो मात्रै नभएर सम्पूर्ण लोकको कल्याणको संघमा लाग्नु हाम्रो साझा मानविय कर्तब्य हो । यही बुद्ध, धर्म र संघलाई त्रिरत्न भिनिन्छ । त्रिरत्नको धारणाले शन्तिको पथमा अवश्य लानेछ र अन्त्यमा मोक्ष तथा परिनिर्वाण मिल्ने छ । बुद्धको प्रयोगत्मक शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ । शील, समाधी र प्रज्ञा । शीलको जगमा रहेर ध्यानद्धारा समाधी पुष्ट गर्दै प्रज्ञा उत्पन्न गराउन सकेमा नै दुःख मुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो । शील, समाधी र प्रज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरुपले बुझ्दै जान सकिन्छ । तथागत सिद्धार्थ गौतम बुद्ध कहिल्यै भन्नु हुन्न, “म जे भन्दछु तिमी त्यही गर ।” बुद्ध भन्नुहुन्छ, “यो आध्यात्मिक मार्गदर्शनमा स्वतन्त्ररुपले चिन्तन मनन गर, बिश्लेषण गर, अभ्यास गर, अनि अनुभव पनि गर त्यसपछी मात्र तिमी आफ्नो निर्णय आफै गर । बुद्ध फेरि भन्नु हुन्छ, “म जे भन्दछु त्यसमा अन्धोभक्त बनी तुरुन्तै विश्वास नगर । तिमी स्वयं आफ्नो मालिक हौ र आफ्नो दिप आफै बन्नु पर्दछ ।” तसर्थ बुद्ध शिक्षालाई अध्यात्मिकवाद नभएर बौद्धिकवादी शिक्षा भनेर विष्लेशकहरुले बताउने गर्दछ । विष्लेशकहरु भन्ने गर्दन्, “तल तल नर्क माथि माथि स्वर्ग यो कुरा साँचो होला र ? गोल यो प्रथ्वी गोल भैदिदा कुन देश स्वर्ग कुन देश नर्क ? स्वर्गको लोभ नर्कको डर त केवल अन्धविश्वासको बलियो जरा मात्रै हो किन कि बुद्ध धर्म स्वर्ग जान पाउने लोभ र नर्क जानु पर्ने डरको त्रास्ती जीवनको मार्ग नभएर पुर्ण स्वतन्त्र जीवन मुक्तिको मार्ग हो । चर अचर सम्पूर्ण प्राणि जगतको कल्याणको लागि हो, सम्पूर्ण प्राणि जगतको मुक्तिको लागि हो, सम्पूर्ण प्राणि जगतको बाँचन पाउने अधिकारको सुनिश्चित गर्नको लागि हो” भनेर विष्लेशकहरु बताउने गर्दछ । स्वर्ग भनेको मित्रहरुको विचमा बाँचनुको नाम हो भने नर्क सत्रुहरुको विचमा बाँचनुको नाम हो भनेर स्वयं भवगान बुद्ध आफैले पनि भन्नु भएको छ । त्यसकारण बुद्धको मार्गदर्शन चाहे आस्तिक चाहे नास्तिक सबैको लागि मान्य हुने खाल्को शिक्षा हो । तर तथागत बुद्ध आफुले भने इस्वर छ पनि भन्नु भएन छैन पनि भन्नु भएन । मात्र यो भन्नु भयो कि यो संसारको सृष्टि कुनै इश्वरबाट नभै प्राकृतिक निरन्तरता हो भन्नु भयो । त्यसकारण हामीले बौद्ध दर्शनलाई भाग्यवादी नभएर कर्मवादी पनि भन्द सक्छौं र विष्लेशकहरु पनि त्यहि भन्ने गर्दछन् । सायद त्यसैले होला महान कवि तथा बैज्ञानिक Sir Edwin Arnold ले सिदार्थ गौतम बुद्धलाई Light of the Asia भन्नु भएको हो । अहिले विश्व भरि नै सिदार्थ गौतम बुद्धलाई एशियाको तारा भनेर चिनिन्छ । जेनेवाको स्थित अन्तराष्ट्रिय सम्मेलनद्धारा २०० जना भन्द बेसी सबै धर्मका धर्म गुरुहरुमिलेर बुद्ध धर्मलाई सर्वश्रेष्ठ धर्मको रुपम चिनाउँदै विशेष पुरस्कार वितराण गरेको कुरात मैले भनिरहनु पर्दैन यहाँहरु सबैलाई जानकारी नै छ । हामी बुद्धिष्टहरु संसारका सबै मानिसहरुलाई बुद्धिष्ट नै बनाउने भन्ने अभियानमा नभएर धार्मिक बनाउने प्रयास गर्दछौं त्यसैले हामीलाई जो कोहि साथीहरु गैर बुद्धिष्ट भएकोमा चिन्ताको विषय रहँदैन सबै धर्मालम्बीहरु संग उत्तिकै धार्मिक सहिष्णुता कायम रहन्छ । सबैलाई समान्न ब्यवहार राख्नु पर्छ भन्ने मुल्य र मान्यता राख्दछ । भवतु सब्ब मंगलम् (सबैको कल्याण होस् ।)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै