सरस्वतिनगरमा खुल्यो छिमेकी मार्ट

खाद्यान्नदेखि कस्मेटिक्ससम्मका सामान पाइने

कतारमा रहेको आप्रबासी तामाङ समुदायको लगानीबाट सुरुवात भएको छिमेकी मार्ट सरस्वतिनगरमा पनि संचालनमा आएको छ। राप्रपाका नेता बुद्धिमान तामाङले रिबन काटेर मार्टको उद्घाटन गरे।
सन् २०१२ मा बौद्ध रामहिटीमा पहिलो पटक छिमेकी मार्ट संचालनमा आएको हो। तीनचुलीमा रहेको मार्टमा भूकम्पले क्षति पुर्याएपछि त्यसको विकल्पका रुपमा सरस्वतिनगरबाट संचालनमा ल्याइएको संचालक समितिका अध्यक्ष शंखलाल तामाङले जानकारी दिए।
छिमेकी मार्टमा सर्वशुलभ मूल्यमा ग्राहकले दैनिक खाद्यान्न र कस्मेटिक्स आइटमका सामानहरु पाउने उनले बताए।  ‘यहाँ कुनै पनि सामानमा ग्राहक ठगिनु पर्दैन, बरु अन्यन्त्रभन्दा सस्तो नै दिनेछौँ’ उनले भने ‘सामानको गुणस्तरीयतामा पनि हामी कमी हुन दिँदैनौँ।’
छिमेकी मार्टले विशेष ट्रेडमार्क लिने सम्वन्धमा तयारी गरिएको पनि उनले जानकारी दिए। ‘गुणस्तरीयतामा विश्वसनीयता दिलाउनका लागि हामी छिटै ट्रेडमार्क दर्ताको तयारीमा छौँ’ उनले भने।
ग्राहकका केही गुनासा भएमा पनि आफूहरुले सम्बोधन गर्ने उनले बताए। ३ करोडको सुरुवाती पुँजीबाट थालनी गरेको व्यवसायको पुँजी अहिले ५ करोड नाघेको उनले बताए। कतारमा रहेका तामाङहरुको लगानीमा सुरुवात भएको व्यवसायमा अहिले अमेरिका, जापान लगायत देशमा रहेका गैह्रआवासीय नेपालीको समेत संलग्नता रहेको उनले बताए।
त्यस्तै संचालक समितिका सदस्य कुन्छा दोर्जे डिम्दोङले छिमेकी मार्ट ग्राहकसमक्ष परिचित भइसकेको जानकारी दिँदै मार्टलाई अझ विस्तार गर्दै लैजाने बताए। साथै उनले छिमेकी मार्टसँग वर्षमा सबैभन्दा धेरै कारोबार गर्ने ३ जना ग्राहकलाई सम्मान गर्ने गरिएको र त्यसलाई निरन्तरता दिइने बताए।
 डिमदोङका अनुसार होम डेलिभरी चाहने ग्राहकलाई त्यो सेवा पनि मार्टले उपलव्ध गराउने छ। डेट एक्सपायर्ड भएका सामान स्टोरबाट हटाउने गरेको र कुनै पनि तवरले त्यस्ता सामान ग्राहकसमक्ष पर्न नदिइने उनले प्रतिबद्धता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै