तामाङ समुदायको मेटिएको वास्तविक इतिहास ….

नेपालको मध्ये क्षेत्रमा तामाङ समुदायका घना बस्ती रहेको छ । नेपालको  भिर, पहरामा जंगल फँडानी गरि विभिन्न रोग व्याधि, प्राकृतिक प्रकोप र हिंस्रक जनावरहरु संग जुद्घै मध्ये नेपालको भूमिलाई बस्न योग्य भूमिमा परिणत गरी हराभरा बनाउने तामाङ समुदायमा रहेको छ । पुरातात्विक भू–गर्व सम्बन्धि खोज र अन्वेषण अनुसार तामाङ समुदायको

उत्पत्ति यही क्षेत्रमा भएको प्रमाण जुटेको छ ।

यसरी लाखौं वर्षदेखि मध्ये नेपालमा बसोबास गर्दै आइरहेका तामाङ समुदायलाई शरणार्थीका रुपमा नेपाल प्रवेश गरेको समुदायको रुपमा परिभाषित गर्ने दुष्प्रयास पनि भइरहेको छ । त्यसमा नेपालको तामाङ समुदायको इतिहास मेटाउने षडयन्त्र लुकेको छ । तामाङ समुदायको मुलथलो नेपालको केन्द्रिय राजधानी काठमाण्डौं र काठमाण्डौं वरिपरिका जिल्लाहरु रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली मुख्य जिल्लाहरु हुन् । तिब्बत, मध्ये नेपाल, भारतको आसाम, सिक्किम, दार्जिलिङ लगायतका हिमाली र पहाडी भूगोल तथा त्यसमा रहेका उपत्यकाहरुलाई खेतीयोग्य जमिनमा परिणत गर्ने समुदाय भनेकै तामाङ समुदाय हुन् ।

नेपालका तामाङहरु अहिले सामन्ति शासकहरुद्वारा संरक्षित जंगली युग, दास युग तथा सामन्ती युगको जस्तै जीवन निर्वाह गरिरहेका हुँदा हिन्दु बाहुन–क्षेत्रीहरुमा दास युगदेखी नै मानवता विरोधी वर्णाश्रम व्यवस्थाको विकास भइसकेको थियो  भन्ने अनुमान गर्न सकिन्छ । १२ औं र १३ औं शताब्धी तिर भारतीय समाजमा बाहुन–क्षेत्रीहरुकै कारण सामन्तवादको विकास भएको ठहर गर्दै हिन्दु बाहुन–क्षेत्रीहरु माथि मुसलमानहरुबाट आक्रमण भएको थियो । त्यही आक्रमणका कारण आफ्नो जिउ–ज्यान जोगाउन र अस्तित्व रक्षाका लागि ठूलो संख्यामा बाहुन–क्षेत्रीहरु नेपाल पस्न बाध्य भएर नेपाल पसेको छोटो समय अवधि मै सामन्तवादी चेतना बोकेका टाठा बाठा हिन्दु बाहुन–क्षेत्रीहरुले जालझेल, षडयन्त्र र छलकपट गरी नेपालका तामाङ समुदायका गणराज्यहरु खोस्न सफल भए ।  राम्रो उर्बरा जग्गा र राज्य खोसिएपछि आफ्नै मुलुकभित्र निर्वासित जीवन बिताउन बाध्य भएका तामाङ समुदाय हिन्दु आक्रमणकारी बाहुन–क्षेत्रीहरुका कारण बिकट खोरिया फाँडी बस्न बाध्य हुनुप¥यो । तामाङ समुदायको सन्दर्भमा पृथ्वीनारायण शाहको कथित राज्य एकिकरण अगाडि रसुवाको गोल्जुङ, गत्लाङ, भार्कु । यार्शाको सिक्बन्दी, धादिङको सेमजोङ, झारलाङ, सिन्धुपाल्चोकको ह्रिश्याङ्खु, नुवाकोटको पञ्चकन्या, ककनी, बालकुमारी, काभ्रेको तिमाल, मकवानपुरको बेतेनी,  लमजुङको लामाजोङ लगायतका स्थानहरुमा तामाङ समुदायका गणराज्यहरु स्थापित थिए । तामाङ समुदायका गणराज्यहरुको पुर्णतः अन्त्य पृथ्वीनारायण शाहको कथित राज्य एकिकरणद्वारा भएको थियो ।

मुसलमानहरुको आक्रमणपछि भागेर नेपाल आएका शरणार्थी हिन्दु बाहुन–क्षेत्रीहरुको थिचोमिचो, उत्पिडन र शोषण, दमनका कारण तामाङ समुदायको चेतनाका विकासमा अबरुद्घ हुन पुग्यो । यीनै सामन्ती शासनसत्ताबाट अहिले पनि तामाङ समुदाय माथि आर्थिक, राजनीतिक, साँस्कृतिक, धार्मिक, भाषिक, शैक्षिक लगायत सबै क्षेत्रमा शोषण, दमन र उत्पिडन भइरहेको छ । सामन्ती शासकहरुद्वारा लादिएको राज्य सञ्चालनको अमानवीय विधि वर्णाश्रम व्यवस्थाले नेपालका समस्त तामाङ समुदायको चेतनाको विकासमा अहिले पनि अबरुद्घ बनाइरहेको छ । नेपालमा हिन्दु बाहुन–क्षेत्रीहरुबीचको संघर्षले यहाँका तामाङ समुदायलाई शोषित र हिन्दु बाहुन–क्षेत्रीलाई शासक वर्गमा रुपान्तरण गरियो ।

नेपालका हिन्दु बाहुन–क्षेत्रीबीचको संघर्षले नेपाली भूमीको राजनीतिक र सामाजिक वातावरणमा नयाँ स्थिति पैदा भयो । चलाख, चतुरो, चेतनाको विकास र युद्घको प्रकृयासमेत भोगेर आएका आक्रमणकारी बाहुन–क्षेत्रीहरुले सजिलैसंग नेपालको मुलवासी समुदायमाथि अमानवीय शासन चलाउन सकियो । यसरी अल्पसंख्यक हिन्दु बाहुन–क्षेत्रीद्वारा नेपालका तामाङ समुदायमाथि भइरहेका सबै प्रकारको शोषण, दमन र उत्पिडनका विरुद्घ नेपालको तामाङ समुदायले समय–समयमा संघर्षहरु गरिरहेका छन् ।

तामाङ समुदायले विभिन्न समयमा गरेको संघर्षको बारेमा वृहत अध्ययन, अनुसन्धान गर्न आवश्यक छ । सामन्ती शासक वर्गले तामाङ समुदायको गौरवमय इतिहासलाई मेटाउने काम गरेको छ । आफ्नो अलग्गै राज्य र पहिचान भएको, आफ्नो भाषा, धर्म, संस्कृति र लिपिको समेत विकास भएको तामाङ समुदायको केन्द्रिकृत राज्यसमेत थियो भन्ने कुरा १३ औं शताब्दीमा तल्लो मुस्ताङ सम्म तामाङ समुदायको राज्य भएको कुराको पुष्टि तिब्बती अभिलेखमा पाइएको छ । त्यसैले तामाङ समुदायको इतिहास वास्तव मै शासक वर्गका लागि चुनौतिपुर्ण थियो । जुन कुरा अन्य समुदायलाई भन्दा तामाङ समुदायलाई आर्थिक, राजनीतिक, साँस्कृतिक लगायत सामाजिक क्षेत्रमा अत्यन्तै तीब्र शोषण, दमन र उत्पिडन गरेकोबाट पुष्टि हुन्छ । सामन्ती केन्द्रिय राज्यसत्ताको राजधानी काठमाडांैलाई चारैतर्फबाट घेरेको उत्तर र दक्षिणको व्यापारिक मार्ग तथा नाका रहेको, रहन–सहन, धर्म, भाषा, संस्कृति र सभ्यता भारतबाट शरणार्थीका रुपमा नेपाल भित्रिएका हिन्दु बाहुन–क्षेत्रीहरुको भन्दा पृथक रहेको र मुख्यतः हिन्दु बाहुन–क्षेत्रीहरुको तथा कथित राज्य विस्तार अभियान र प्रकृयामा भावनात्मक र भौतिक रुपमा सहयोग नगरेको, बेला बेलामा बाहुनवादी सामन्ती राज्यसत्ताका विरुद्घ विद्रोह र लडाँई गरी चुनौती खडा गरेका कारण तामाङ समुदाय अहिलेसम्म पनि सामन्ती राज्यसत्ताका लागि खतरा सावित भइरहेकाछन् । नेपालमा हिन्दु बाहुन–क्षेत्रीहरुको प्रवेशसंगै तामाङ लगायत नेपालका समस्त मंगोल समुदाय र हिन्दु बाहुन–क्षेत्रीहरुबीच भूमि र राज्यका लागि लडार्ई भएको र वास्तविक लडाँइमा तामाङ तथा मंगोल समुदायले नै जितेको देखिन्छ । तर सामन्ती संस्कृतिद्वारा पोख्त, लडाँईको अनुभवी बाठा हिन्दु बाहुन–क्षेत्रीहरुले जालझेल र षडयन्त्र गरी सोझा र इमान्दार मुलवासी मंगोल समुदाय र तामाङहरुको राज्य खोस्न सफल भए ।

नुवाकोटको ककनीमा रुम्बा राजा, पञ्चकन्यामा घले राजा, बेतेनीको नाम्सापुरान र गोल्फुमा ग्लान राजा, जिम्नाङमा ल्हो राजा, राउतबेशी नयाँ छेपारमा थिङ राजा, रसुवाको भार्कुमा मेवाङ घले राजा, गोल्जुङ, सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए । ती स्थानहरुमा रहेको तामाङ राजाहरुको दरबारको अवशेष अहिलेसम्म पनि रहेको छ । त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरसिंग ग्लानले पृथ्विनारायण शाहका सेनालाई नराम्रोसंग परास्त गरेका थिए । पछि मित लगाउने र सम्झौता गर्ने बहानामा चौघडामा निःशस्त्र रुपमा रहेका गोले राजाको अमानवीय ढंगले हत्या गरियो । सन् १७३९ मा गोरखाका राजा नरभुपाल शाहले पहिलो पटक नुवाकोट आक्रमण  गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभुपाल शाहका विरुद्घ कटुन्जे र सामरीका बीचमा लडाँई गरेका थिए । उक्त लडाँईका कारण नुवाकोट आक्रमण असफल भयो । पछि सेमजोङका तामाङ वाइवा राजासंग वार्ता र छलफल गर्ने भनी गोरखाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो । चतुर र षडयन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाई बसेका थिए भने तामाङ राजालाई निःशस्त्र उपस्थित गराइएको थियो । त्यसपछि यडयन्त्रपुर्ण तरिकाले तामाङ राजालाई मारियो । वि. सं. १८१३ द्खि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा रिन्जेन दोर्जेका सेनाहरुले दुई पटकसम्म गोर्खाली फौजलाई नराम्रोसंग परास्त गरेका थिए । वि. सं. १८१९ आश्विन २ गते शान्ति र मिला–पत्रको सन्धि गर्ने निहुँमा त्याम्राङ बेशीस्थित कोशीको किनारमा निःशस्त्र बोलाई वालुवामा लुकाई राखेको हतियार प्रयोग गरी आमानवीय र षड्यन्त्रपुर्ण ढंगले रिन्जेन दोर्जेको हत्या गरेका थिए ।

यसरी बाँकी रहेका तामाङ समुदायका गणराज्यहरुको पनि षड्यन्त्रपुर्ण तरिकाले अन्त्य गरियो । त्यसपछि राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक र सामाजिक लगायत हरेक क्षेत्रमा तामाङहरुलाई उत्पिडनमा पारी पुर्ण रुपले समाप्त पार्ने षड्यन्त्र सामन्ती हिन्दु अधिनायकवादी सत्ताले गरिरहेकोछ । हिन्दु आर्यन बाहुनवादी राज्यसत्ताका उत्पिडनका विरुद्घ आफ्नो अस्तित्व, भूमि र सत्ताका लागि बेला–बेलामा विद्रोह हुने गरेकाछन् । तामाङ समुदायले इतिहासमा शासकहरुको विरुद्घ पटक–पटक विद्रोह तथा संघर्षहरु गरिरहेका छन् । तर बिडम्बना इतिहास जित्नेको मात्रै लेख्ने भएकोले त्यसको खोजनीति हुन सकिरहेको छैन । बाहुन–क्षेत्री शासकहरुले आफ्नो किपट भूमि खोसेको र आफ्नो समुदायलाई सेना, प्रहरी र निजामती सेवाबाट मात्र होइन, बृटिश साम्राज्यवादले अपमानजनक ढंगले लादिएको गोर्खा भर्ती केन्द्रमा समेत रोक लगायो । २००७ सालको क्रान्ति र राजनीतिक परिवर्तन, २०१६÷१७ सालमा तामाङ समुदायका अगुवाहरुले देशव्यापी गरेको विद्रोहले तामाङ समुदायमा राजनीतिक चेतनाको आधार तयार गरियो । यसमध्ये २०१६÷१७ सालमा नुवाकोट र धादिङ दार्खा खनायोबासमा भएको ऐतिहासिक तामाङ विद्रोहको महत्व तामाङ समुदायको इतिहासमा उल्लेख्य रहेको छ । उक्त तामाङ समुदायले गरेका विद्रोहलाई ‘दार्खा–खनायोबास काण्ड’ को रुपमा बझ्ुने गरिन्छ ।

भारतबाट शरणार्थीको रुपमा भित्रिएका हिन्दु सामन्ती बाहुन–क्षेत्रीहरुले जालझेल र षडयन्त्र गरी धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायलाई तीव्र रुपमा शोषण र उत्पीडन गरी घरबास उठाई हली–गोठाला बस्न बाध्य बनाउँदै आइरहेका थिए । राम्रो खेतबारी, गाई भैसी र खशी, बाख्रा मात्र होइन, कोदालोको राम्रो बिंडसम्म पनि षड्यन्त्रपुर्ण ढंगले लुट्ने तथा तामाङ समुदायका चेलीबेटी माथि यौन शोषण गर्ने जस्तो अन्याय र अत्याचारले सीमा नाघेपछि त्यसका विरुद्घमा २०१६÷१७ सालमा रसुवा, धादिङ र नुवाकोटको तामाङ समुदायका झण्डै ३ हजार युवा युवतीहरुले हतियार उठाउँदा तत्कालिन बाहुनबादी राज्यसत्ताको मुल जरो नै हल्लिन पुगेको थियो । त्यो अवस्थामा पनि तामाङ समुदायको राज्य सत्ताविरुद्ध धेरै सक्रियता थियो भने चेतनाको विकास भइसकेको यो अवस्थामा आफ्नो अस्तित्व र पहिचानको निम्ती मर्न र मार्न पनि तयार हुनुपर्छ भनेर यो संक्रमणकालिन अवस्थामा तामाङ समुदाय र अन्य सम्पूर्ण पहिचान स्थापित गर्ने चाहने समुदायहरुले हतियार उठायो भने के हुन्छ । यो कुरा एकल पहिचान सहितको सामन्ति सत्ताधारी पक्षधरहरुले सोच्नु पर्ने बेला भएकोछ । २०१६÷१७ सालमा विद्रोही तामाङ युवाहरुले भारतबाट शरणार्थीका रुपमा नेपाल भित्रिएका शोषक, सामन्त बाहुन–क्षेत्रीहरुको भकारी फोर्ने, झुटा र जाली तमसुक च्यात्ने तथा जलाउने, तामाङ समुदायबाट लुटी थुपारेको धन–सम्पत्ति र जग्गाहरु कब्जा गरी वितरण गर्ने जस्ता महत्वपुर्ण कामहरु गरेका थिए । हिन्दु बाहुनवादी राज्यसत्ता र उसका सामन्तहरुबाट तामाङ समुदायमाथि गरिंदै आएको उत्पिडनका विरुद्घ यो ऐतिहासिक तामाङ विद्रोह भएको थियो । यो विद्रोहले रसुवा, नुवाकोट, धादिङ र मकवानपुरलाई मात्र होइन, देशै भरिका उत्पिडित तामाङ तथा मंगोल समुदायमा महत्वपुर्ण प्रभाव पा¥यो भने सामन्ती शासकहरुलाई चुनौतीपुर्ण धक्का दियो । धादिङका दामन पाख्रिन, नुवाकोटका ललितमान घले–तामाङ र धर्मसिंह तामाङ, रसुवाका मानबहादुर तामाङ लगायतका तामाङ नेताहरु यस विद्रोहमा संलग्न थिए । विभिन्न राजनीतिक दलमा भएका तामाङ समुदायका नेता कार्यकर्ता र सिंगो तामाङ समुदाय उक्त विद्रोहमा ९९ प्रतिशत संलग्न हुनुले यस आन्दोलनलाई तामाङ समुदायले सामन्ती शासक विरुद्घमा गरेको ऐतिहासिक आन्दोलन भन्न सकिन्छ । उक्त विद्रोहलााई सामन्ती शासकहरुले गरेको तीव्र प्रहरी दमनलाई आन्दोलनकारी तामाङ समुदायले प्रतिरोध गर्दा राइफल लगायतका हतियार कब्जा गरेका थिए । यसरी प्रहरी दमन असफल भएपछि सामन्ती शासकहरुले आफ्नो एजेन्टमार्फत उक्त आन्दोलनलाई बदनाम गराउने उद्घेश्यले तामाङ समुदायले लुटपाट र डकैती गरेको आरोप लगायो भने अर्कोतिर सैनिक प्रयोग गरी आन्दोलन रोक्ने प्रयास गरियो ।

उक्त ऐतिहासिक तामाङ समुदायको विद्रोहको क्रममा कालु तामाङ लगायत दर्जनौ नेता तथा कार्यकर्ताहरुको हत्या गरे भने सयौंलाई गिरफ्तार गरी बेपत्ता बनायो । २०१७ सालमा महेन्द्र शाहले ‘कु’ गरी एकदलिय अधिनायकवादी शासन व्यवस्था लादेका कारण उक्त आन्दोलन पुर्ण रुपमा सफल हुन सकेन । त्यस आन्दोलनका क्रममा आन्दोलनकारी तामाङ समुदायले सामन्ती शासकहरुबाट कब्जा गरेका सामाग्रीहरु पीडित तामाङ समुदायलाई नै वितरण गर्ने तयारी गरेको भए पनि सैनिक हस्तक्षेप भएका कारण तामाङ समुदायको विद्रोहलाई दमन गर्न पुगेको दरवारीया सैनिक एजेन्टहरुले थुपार्ने काम गरेका थिए । पिपा गोश्वारा, हली–गोठाला र भरिया जस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि तामाङ समुदायले इतिहासमा कहीं कतै पनि जनविरोधी शासकसंग झुकेको र उनीहरुसंग आत्मसमर्पण गरी तिनीहरुलाई सहयोग गरेको इतिहास छैन ।

हिजोको दिनहरुमा जे सस्तो सुकै अवस्थामा भए पनि रहे पनि अब हामीले सामाजिक सत्भावका साथ सबै संग मित्रवद्ध व्यवहार गरेर तमाम नेपाली जनताको मुक्तिको लागि पहिचान सहितको सङ्घीयता स्थापित गर्न सबै जना एक जुट भई अगाडी बढ्नु पर्दछ । हिजो हामीलाई कसैले हेपियो भनेर अहिले हामीले कसै माथि सासन गर्न नपरोस् । हामीलाई जातिय भेदभाव गरियो भनेर हामी कसैलाई भेदभाव नगरौं । हामीले उठाएको आवजले कर्णालिमा रहेको नेपाली जनता चाहे त्यो बाहुन–क्षेत्रिनै किन नरहोस् उनको भोको पेटमा जाउलो मिलोस् । मुखमा सिटामोल नपुगेर अकालमा मृत्यु हुनु पर्ने सोलुको भरियाहरुको मुखमा सिटामोल मिलोस् । हामीले उठाएको आवाजले मधेसी, महिला, दलित, मुस्लिम, भुमिहिन किसान, पिछडिएको जाति, वर्ग, समुदय र डेर करोड आदिवासी जानजाती लगायत सबैको पहिचान र आत्म निर्णयको अधिकार सुनिस्चित होस् ।
यदि हाम्रो इमान्दारिता र नम्रताको फाईदा उठाएर फेरि पनि हामी माथी सोषण र दमान गर्न थालियो भने, अब बन्ने संविधानमा हाम्रो मुद्दाहरुलाई समेटिएन भने फेरि पनि तामाङ समुदाय आफ्नो पुर्खा र समुदायको गौरवमय इतिहासलाई निरन्तरता दिनको लागि सामन्ती शासकहरुको हातमा पुगेको आफ्नो शासनसत्ता र भूमि खोस्नका लागि जुनै पनि संघर्ष गर्ने तयार अवस्थामा रहोको कुरा अबगत गराउँर्दै नेपाल प्रवासी तामाङ समाज कतार लगायत विभिन्न रानीतिक दलमा रहेका तामाङहरु, विभिन्न किसिमका तामाङ संघ–संस्था र सम्पुर्ण तामाङ समुदाय एकजुट हुन हार्दिक आह्वान गर्दछ ।

अशमान वाईबा तामाङ

निवर्तमान सल्लाहकार तामाङ समाज कतार
महंकाल चौर ( ८ मेदामसु, काभ्रे


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै