नेपाल इमर्जिङ कपको समूह चरणबाटै बाहिरियो, बंगलादेशसँग ८३ रनले पराजित

एसिसि इमर्जिङ कप क्रिकेटअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशको यू २३ टिमसँग ८३ रनले पराजित भएको हो।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २ सय ५७ रनको योगफल तयार पारेको थियो ।

२ सय ५८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४२ दशमलव ३ ओभरमा १ सय ७४ रन बनाउँदै अलआउट भयो  ।

ओपनरद्धय कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रन तथा सुनिल धमला १ रनमै आउट हुँदा नेपाल सुरुवातमै दबाबमा परेको थियो । नेपालको इनिङ उकास्न राष्ट्रिय टोलीबाट पहिलोचोटि डेब्यु गरेका दिलिपनाथ र दिपेन्द्रसिंह ऐरीले ९८ रनको साझेदारी गरेपनि त्यसपछिका ब्याट्सम्यानले राम्रो साझेदारी नसक्दा नेपाल थप संकटमा परेको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ६ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको अर्धसतकीय पारी खेले । एक छक्का र तीन चौका प्रहार गरेका दिलिपनाथ ४१ रनमा आउट भए । त्यस्तै विनोद भण्डारीले ३६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ बंगलादेशका रहतुल फरडोउस जावेदले ४ विकेट लिए । त्यस्तै सैफ उद्दिनले ३ तथा अबुल हसन राजुले दुई विकेट हात पारे ।

दुबै खेलमा पराजित नेपाल इमर्जिङ कपको समूह चरणबाटै बाहिरिएको छ । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । डिसी नेपाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै