पुदिनाको चिया पिउँनुहोस् स्लिम बन्नुहोस्

काठमाण्डौ । पुदिना त हामी सबैलाई नै थाहा छ । पुदिनाको अचार खानु स्वास्थ्यको लागि धेरै नै फाइदाजनक छ । पुदिनाले खाना पचाउन पनि मद्दत गर्छ ।  पुदिनाको अचार मात्र हैन त्यसको चिया पनि निकै फाइदा जनक हुन्छ ।

पुदिनाको चियाले शरीरलाई स्वस्थ्य बनाउनुको साथै तौल घटाउन पनि मद्दत गर्छ । यदि तपाई तौल घटाउन चहानुहुन्छ भने प्रयोग गर्नुहोस् पुदिनाको ।

पुदिनाको चिया बनाउने तरिका

तातो पानीमा २ ठुलो चम्चा पुदीनाको पात हाल्नुहोस् । त्यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् । उम्लिएपछि स्वाद अनुसार मह हाल्नुहोस् र पुदीनाको चियाको स्वाद लिनुहोस्

१) पुदीनाको चियाले पेट सफा गर्दछ । यसरी शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत मिल्छ ।।

२) कसैलाई पुदीनाको तेज बास्नाले भोकको नियन्त्रण गर्दछ । कसैलाई राती खान खाइसकेपछि पुदिनाको चिया खाएपछि मिठाई खान मन लाग्दैन ।

३) पुदिनाको चियाले शरीरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्दछ । गुलियो खाने इच्छा कम गर्दछ । डिसी नेपाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै