कलाकार बिरुलामा कतारमा सम्मानित।

३ मंसिर, २०७४।तामाङ समाज कतार। नेपाल देखि कतारको साँस्कृतिक कार्यकममा पाल्नु भएको कलालार बिरुलामा तामाङलाई नेपाल प्रवासी तामाङ समाजले आज एक कार्यक्रम गरि सम्मान गरिएको छ। दोहाको मुग्लिना मा रहेको मुमाताज होटलमा समाजका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।प्रमुख अतिथि तामाङ, अतिथि मितेरि फिल्मस्का अध्यक्ष रित कुमार श्रेष्ठ साथै समाजक तर्फ समाजका संस्थापक तथा संरक्षक सुक बहादुर तामाङ, प्रमुख सल्लाहाकर थर्चलामा तामाङ सल्लहाकार माईला वाईवा तामाङ लगायत समाजका बिभागिय प्रमुख, उप-प्रमुख, कार्यसमितिका सदस्या तथा सदस्याहरुको उपस्तथिति रहेको कार्याक्रमलाई समाजकै केन्द्रिय सदस्य अमृत तामाङले सञ्चालन गर्नु भएको थियो।

समाजका केन्द्रिय सदस्य सञ्जय डिम्डुङको स्वागत मन्तव्य लगतै अध्याक्ष तिर्थ थिङ तामाङले खादा लगाएर सम्मान गरेको थियो भने सम्मान पात्र समाजका संस्थापक तथा संरक्षकज्युले हस्तान्तरण गरिएको थियो। प्रमुख सल्लहाकार थर्चलामा र सल्लहाकर माईला वाईवाले संयुक्त्तरुपमा मायाको चिनो प्रदान गर्नु भएको थियो।

मन्तव्य दिने क्रममा संस्थापक तथा संरक्षक सुक बहादुर तामाङले कलाकारिता क्षेत्रमा लागेर तामाङ समुदयको कला संस्कृतलाई देशबिदेश सम्मा चिनाउन लागिपरेकोमा हामि तामाङ समाज कतार तपाईको कदर गर्दै सुनौलो भबिष्यको कामना गर्दछौ भन्नु भयो।

तामाङ समाज कतारले आफुलाई दिएको न्यानो माया र सम्मानको सधै आत्मा साथ गर्दै तामाङ समुदयको कला-संस्कृतिको जगेर्नको निमित आफु लागि पर्ने कलाकार तामाङले बताउनु भयो ।

कार्यक्रमका सभापति तिर्थ थिङ तामाङले  कलाकार तामाङलाई सम्मान गर्न पाउँदा आफु खुसिरहेको र  उहाको उज्वाल भविष्यको कामना गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो।

    


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै