छिमेकि मार्ट लि. को पाँचौ साधरण सभा समपन्न।

तामाङ समाज कतार। तामाङ बचत कोषको नाम बाट आज भन्द करिब ५ बर्ष पहिले स्थापना भएको छिमेकि मार्ट लिमिटेटले यहि शुक्रबार,२२ डिसेम्बर २०१७ का दिन अलनासरमा रहेको सि टाईम रेसटुरेन्ट आफ्नो ५ औँ साधरण सभा भब्यताका साथ सम्पन्न भएको छ।

तेज मोक्तान तामाङले सन्चालन गरेको उक्त्त कार्यक्रलाई छिमेकि मार्ट लिमिटेटका प्रबन्ध निर्देशक शंखलाल तामाङले सभापतित्व गर्नु भएको थियो। कार्यक्रममा दोहामा कार्यरत विशेष व्यतित्व, विशेष अथिति, अथिति, संघ संस्थाका प्रतिनिधि, प्रेस प्रतिनिधि र छिमेकि मार्ट लि.का नया तथा पुराना सेयर धनिहरुको उपस्थिति रहेको थियो।

संचालक सदस्य कुमार मोक्तान तामाङले उपस्थित सबैलाई स्वागत मनतव्य बाट स्वागत गर्नु भएको थियो भने प्रगति प्रतिवेदन अध्याक्ष तामाङले प्रस्तुत गर्नु भएको थियो। आर्थिक प्रतिवेदन संचालक समितिका सदस्य सुसिल तामाङले गर्नु भएको थियो।

अर्का सदस्य नर बहादुर तामाङले व्यापार गर्दा अपनाउने विधि र बिस्वका ठुला ठुला व्यापारीहरुले बिजनेस गरेरै ठुलो सफलता पाएको उदारण पेस गर्दै कुनैपनि कार्य गर्नुपुर्व हरेक मान्छेहरुले सोचेर बिचार गरेर अग्रज हरुको कुरालाई मनन गरे सबै कुरामा सफलता पाइन सकिने बताए ।

संचालक समितिका सदस्य तथा नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङले छिमेकि मार्ट लि. र तामाङ सामाज बिचको अन्तर सम्बन्धबारे प्रकास पार्नु भएको थियो।

कार्यक्रममा मन्तब्य राख्नेहरुमा प्रिती घले,सोम सुनुवार,सामुल सुनुवार , ललित कुमार तामाङ,कान्छाराम तामाङ,रोशन दोङ तामाङ,मिना लामा,जिवि तामाङ,सुक बहादुर तामाङ,तिर्थ थिङ तामाङ र देब राज राइले हिजो सम्म केही पैसा बचत गरौ भनेर लागेका हामीले आज तेस्रो ब्रान्ड मेघा भिजन सम्म पुगेका छौ ।

स्थापनाको पाँचौ बर्षमा पनि ३ ओटा ब्रान्ड खोल्नु चानचुने कुरा नरहेको बताए । प्रवास बाट भएपनी तामाङ समाज कतारका केही सदस्यले सानो रकम बाट सुरु गरेको यो सफल ब्यवसाय आज तेस्रो मेघा भिजन सम्म आएको र आगमी दिनमा छिमेकी मार्ट बिस्वका हरेक शहरभरी फैलियोस भन्ने कामना गरेका थिए । साथै तेस्रो बर्षबाट छिमेकी मार्ट लि.मा तामाङ तथा गैर तामाङ नेपाली दाजु भाइ र बिदेसीले पनि सेयर गर्न पाउने अवसर बनाईएको बताए।उक्त कार्यक्रमा मेघा भिजन प्रोजेक्टमा लगानि गर्ने सम्पुर्ण लगानि दाताहरुलाई सेयर धनी प्रमाण पत्र पनि बितरण गरिएको थियो ।

     


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै