तामाङ चल्चित्रकी नायिका रोशनी ब्लोनले पाईन सच्चा जिवन साथी

कमलश्री,काठमान्डु चैत्र/०७/२०७४

तामाङ चल्चित्रकी नायिका रोशनी ब्लोनले पाईन सच्चा जिवन साथी, तामाङ चल्चित्रकी नायिका रोशनी ब्लोनतामाङले गरिन बिहे आशिर्वाद लिना पुगे भुईसल वाईबा तामाङको घरमा प्रशङ्गा हो पहिलो तामाङ टेलिचल्चित्र धर्ज्यूको ।

वि.स.२०६० सालमा नेपालीलोकदोहोरीबाट आफ्नो कलालाई क्यामरामा कैद गर्न सफल भएकी रोशनी ब्लोन तामाङ हालसम्ममा ४ दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गर्न सफल भैसकेकी छिन भने, २०६२ मा निर्मित नेपाली कथानक चलचित्र अधुरो चाहानाबाट ठुलो पर्दामा डेब्यु गरेकी रोशनि तामाङले न्यु जेनेरेशन,दुई मन,द कलेज, बेबि, द मङ्गोलियन हर्ट, लगायत हालसम्ममा दर्जनौको हाराहरिमा नेपाली चलचित्रम समेत अभिनय गर्न भ्याइ सकेका छन ।


बाह्रा जिल्लामा बुवा सुर्य बहादुर ब्लोन तामाङ र आमा साइली माया बोम्जनको काखमा जन्मिनु भएकी साना ठुला सबै लाई माया अनि सत्कार गर्न सिपालु रोशनी तामाङ चलचित्रक्षेत्र सँगसङ्गै आफ्नै मेहेनतमा सन्चालित ब्यावसायलाई पुर्ण सन्तुष्टी र खुशिका साथ अगाडी बडाउदै आएकी रोशनिले २०६४/६५ बाट तामाङ कथानक चलचित्र चाङ्स्युइमीबाट शुरुवात भएर हाल सम्ममा दोसिला जुनिमा (स्वएम निर्मता ) गान्बा, रानि, ह्यङ ङिला माया, मायासे लासी २, मायाला म्हेन्दो, जिन्दगीला ग्यलाम, (आउन बाकी -टुहुरोला ल्हुई, सिसी याङ्बा जुनि ) गरी दर्जनौ तामाङ चलचित्रमा अभीनय गरी अनुभव लिई सक्नु भएकी तामाङ समुदायको पहिलो तामाङ टेलिफिल्म धर्जूको १५ औ भाग देखि तामाङ चल्चित्रकी नयिका रोशनि ब्लोन तामाङको पनि आगमन भएको छ ।

श्रीम्युजिक प्रा.लि.को प्रस्तुतिमा कमल तामाङको निर्देशन तथा अमर बोम्जन तामाङको निर्माण रहेको उक्त्त टेलिफिल्म लाई क्यामरामा कैद गर्नुको साथै सम्पादन कार्यको जिम्मा भने भिम तामाङले गरिरहेको छ । प्रतेक बिहीवार INDIGENUOS टेलिभिजन बाट राती ८ ३० बजे आउने पहिलो तामाङ टेलिफिल्ममा तामाङ समुदायको कला,सस्कृति,धर्म,भाषा,भेषभुषा, (तामाङ ग्योइ, काई, गोईलो, धर्म, रिमठिम )लाई जोगाउनको लागि जोड दिदै नेपाल अधिराज्य भरिका फरक फरक स्थानका तामाङहरुले दैनिक जिवनमा प्रयोग गरिने भाषा,भेषभुषा,कलासस्कृतिलाई समिटिदै अगडी बडिरहेको धर्ज्यूका निर्देशकको ठम्माई छ ।

आजको १६ भाग सम्म आईपुग्दा राजधानी काठमन्डू बौद्धमा तामाङहरुले बोलिने,खोटाङमा तामाङहरुले बोलिने भाषा, नुवाकोटमा तामाङहरुले बोलिने तामाङ भाषा,ललितपुरमा बोलिने तामाङ भाषा, सिन्धुपाल्चोकमा तामाङहरुले बोलिने, काभ्रेमा तामाङहरुले बोलिने भाषा,बाह्रामा तामाङहरुले बोलिने भाषा,दोलखामा तामाङहरुले बोलिने तामाङ भाषासमेटिना सफल भैसकेका छन धर्ज्यू तामाङ टेलिफिल्मले । आगामी भागहरुमा देश भरिकै तामाङहरुले प्रयोग गरिने कला,धर्म,भाषा,भेषभुषा,कलासस्कृतिलाई समिटिदै र तामाङ समुदायमा शैक्षिक,आर्थीक, रोजगारी तथा समयसान्दर्विक जानकारीका साथै जनचेतना मुलक धर्ज्यू भागहरु दिदै जाने प्राण गर्छन निर्माण पक्ष ।

उक्त टेलिचलचित्रमा भुइसल वाइबा तामाङ, मान बहादुर तामाङ, अमर बोम्जन तामाङ, सृस्टी थोकर तामाङ, कमल तामाङ, भिम तामाङ, सुहाङ तामाङ, नरेश पहरी , गणेश राई, जिवन डुम्जन तामाङ,करुणा योन्जन तामाङ, चन्द्र जित मोक्तान तामाङ, बाल कलकार चेन्न्जोम गोले तामाङ, उसाङ तामाङ, बिकल मिक्चन तामाङ लगायत चलचित्र जगदका ख्यातीप्राप्त कलाकारहरुको अभिनय देख्न सकिन्छ भने चन्द्र जीत मोक्तान टेलिचल्चित्रको सल्लाहकार समेत हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै