नेपाल प्रबासी तामाङ समाज कतार द्वारा नेपाल तामाङ घेदुङ केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाइयो ।

तामाङ समाज कतार। दोहा ।  नेपाल प्रबासी तामाङ समाज कतार को बरिस्ठ  प्रथम उपाध्यक्ष श्री तेज मोक्तान तामाङ ज्यु को नेतृत्वमा नेपाल तामाङ घेदुङ को कार्यलयमा यो ध्यानाकर्षण पात्र बुझाइयो ।

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको देश हो । यहा धेरै जातजातिहरुको बसोबास छ, धार्मिक सहिष्णुतालाई कायम राख्दै राष्ट्रिय गौरवका काममा सबै जात र धर्मको उत्तिकै योगदान रहेको छ । नेपाल अधिराज्यको प्रायः सम्पूर्ण भू–भागमा आदिमकाल देखि नै बसोबास गर्दै आईरहेका आदिवासी जनजाति मध्ये तामाङ पनि एक प्रमुख जाति हो । तामाङ जातिले समय समयमा राष्ट्रिय परिवर्तनका सवालमा गरिएका आन्दोलनहरु जस्तै २००७, २०१७, २०४६ र २०६/६३ सालका आन्दोलनहरु सफल बनाउन एवं संविधान सभाको पहिलो र दोस्रो निर्वाचन मार्फत प्राप्त जनँदेश अनुरुप देश संघिय स्वरुप सम्म आई पुग्दा तामाङ जातिले आफ्नो बिशिस्ट योगदान पु¥याउदै आइरहेका छन् । यद्दपी देशको कुल जनसंख्याको २० प्रतिशतको हाराहारीमा रहेका निश्चित जातिहरुले राज्यको शासन चलाई रहेका छन । यसकारण नेपालका बहुसंख्यक आदिवासी जनजातिहरु हक अधिकार विहिनको अवस्थामा रहेको छ । यसको उदांगो उदाहरण पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ आफ्नो तामाङ दिदि– वहिनी तथा दाजुभाई हरुलाई गाईको मासु सेवन गर्दा गाई मारेको आरोपमा नियोजित अभियोगमा फसाई जेल हालेको विषयलाई लिएर एउटा जातित्वको खातिर विना सर्त हिरासतमा रहेका आरोपित ब्यक्तिहरुको रिहाईको माग राख्दै  प्रदेश नं.३ को सम्मानिय उपसभामुख राधिका तामाङ, सांसद हित बहादुर तामाङ लगायत नेपाल तामाङ घेदुङको अगुवाई टोली सहितले गृहमन्त्री राम बहादुर थापा (बादल) समक्ष ध्यानाकर्षण पत्र पेश गरेको थियो । तर विडम्बना देश संघिय गणतन्त्र सहित धर्मनिरपेक्ष भई सकेको अवस्थामा पनि विभिन्न संञ्चार माध्यम एवं सामाजिक सन्जालबाट सम्मानिय उपसभामुख राधिका तामाङको चरित्र हत्या सगैं सिंगो तामाङ समुदाय माथि तल्लो स्तरको उपनाम तथा विभिन्न लान्छाना समेत लगाउने कार्य भएको छ । यस किसिमको आरोपले सम्पुर्ण आदिवासी जनजातिहरुको हक हितको सबैधानिक अधिकार माथि राज्यले ठाडो हस्तक्षेप र देशमा समावेशी र समानताको आधारमा राज्य शासनको माग “ गरिरहेको अवस्थामा नियोजित षडयन्त्र रचेर आदिवासी जनजाति माथि शोषण र दमनको अर्को अध्याय रचिरहेको कुराको पुष्टि भएको छ । २०४ वर्षे निरंकुश राणा शासन, २३८ वर्षे विभेदकारी एकात्कमबादी शाहवंशीय शासनले नेपालका बहुसंख्यक आदिवासीलाई ओझेलमा पार्दै एकल शासन गर्दै आएको सबैमा सर्वविदितै छ । संविधानको मस्यौदामा पनि हिजोको सहमतिको बुंदाहरुलाई ओझेल पार्दै पुनः हाम्रो मागलाई सम्बोधन गर्न हिच्किचाई रहेको छ, साथै आई एल ओ. १६९ को सन्धिलाई लागु गरिसकेको अवस्थामा पनि नेपालमा कार्यन्वयन गर्न अझै बाकी छ । यसरी जनजाति माथि नेपाल सरकारले र प्रत्यक्ष सरोकारवालाहरुको नौटंकी र सौतेनी व्यवहार अझै कायमै छ ।

राज्य सत्ताबाट मधेसी, महिला, दलित, जनजाति माथि गरेको विभेदपूर्ण ब्यवहार र दमन गर्ने शैलीमा परिवर्तन हुनु पर्छ र हरेक क्षेत्रमा समाबेशी कायम गरि सिंगो नेपालको विकासमा स्थायी शान्तिको माग राख्दै आफ्नो आवाज बुलन्द गर्दै आउनु भएको थारु समुदायका तथा आदिवासी जनजाति नेता श्री रेशम चौधरीलाई विना आधारको अभियोग लगाई नजरबन्दीमा राखेको हुनाले उहाँका यथाशिघ्र रिहाईको मागको लागि पनि सहकार्यको लागि अनुरोध गर्दछौ ।

हामी आदिवासी जनजातिहरुले अहिले पनि राजनितिक, सामाजिक, आर्थिक, सा“स्कृतिक, भाषिक, धार्मिक रुपले बिभेद खेपी रहेका छौ । संबिधानमा यी आदि इत्यादिलाई समेटिएको जस्तो गरेता पनि पुर्ण रुपमा कार्यन्वयन नभएको ऐना जस्तै छर्लङ्ग छ । अहिले देश संघिय गणतन्त्रमा गई सक्दा पनि देशको सरकारी कार्यलयहरु लगायत विभिन्न

निकायहरुमा हामीलाई आफ्नो मातृ भाषा बोल्न रोक लगाएको अवस्था छ । यसरी तामाङ भाषा बोल्न रोक लगाउनु भनेको सिंगो तामाङ समुदाय माथी  नै राज्य सत्ताले बिभेद गर्नु र हेप्नु हो । एउटा जातिय भाषामा अंकुश लगाउनु भनेको सिंगो आदिबासी जनजाति माथि विभेद गर्नु हो ।  तसर्थ यी माथि उल्लेखित विभिन्न बिषयमा गम्भिर भई नेपाल तामाङ धेदुङले आदिवासी जनजाति महासंघ संग सहकार्य गर्दै र विश्वभर रहेको तामाङ संघ संस्थाहरुको समेत प्रतिबद्धता पत्र सहित  यो बिषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराउनको लागि बिशेष भूमिका निर्वाह गर्न यो पत्र मार्फत नेपाल प्रवासी तामाङ समाज कतार ध्यानाकर्षण एवं हार्दिक अनुरोध गर्दछौ ।

साथै जातिय पहिचान सहितको विभिन्न प्रदेशको सिमाङ्कन तथा नामाकरणको सम्मान गर्दै तामाङ जातिको

ऐतिहासिक भूगोल र बाहुल्यक्षेत्र खण्डित नहुने गरी अखण्डित ताम्सालिङ एवं जातिय हक, हित, अधिकारको सुनिश्चित गर्न जोडदार माग गर्दै हाल नेपालमा अखण्डित ताम्सालिङ प्राप्तिका लागि नेपाल तामाङ घेदुङ,  संयुक्त ताम्सालिङ संघर्ष समिति र विभिन्न तामाङ संघ संस्थाहरुले गरेको विभिन्न आन्दोलनमा नेपाल प्रवासी तामाङ समाज कतार, नेपाल तामाङ घेदुङको प्रवास शाखाको हैसियतले एक्यबद्घता जनाउनुका साथै उक्त आन्दोलन सफल पार्न भौतिक, नैतिक तथा आर्थिक सहयोगका लागि हरेक क्षेत्रबाट सक्दो सहयोग समेत रहने प्रतिबद्घता यसै ध्यानाकर्षण पत्र मार्फत जाहेर गर्दछौ । थुजेछे ।

यो ध्यानाकर्षण पत्र लाई सहमति जनाई नेपाल तामाङ धेदुङको अध्यक्ष श्री मोहन गोले ज्यु ले सरकार सामु पेस गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै