ग्लोबल तामाङ काउन्सिलको अभियान्त तथा थिङ थेमे नेपालको संयोजक श्री मिङमार थिङ तामाङज्यूसँग तामाङ समाज कतारको संस्थागत भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्ना ।

ग्लोबल तामाङ काउन्सिलको अभियान्त तथा थिङ थेमेको संयोजक श्री मिङमार थिङ तामाङज्यूसँग तामाङ समाज कतारको संस्थागत भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न।
दोहा। तामाङ समाज। दोहाको साना मार्केट नजिकै रहेको Welcome Dine Restaurant मा एक कार्यक्रम बिच ग्लोबल तामाङ काउन्सिलको अभियान्त श्री मिङमार थिङ तामाङज्यूसँग भेटघाट तथा परिचयत्माक कार्यक्रम सम्पन्न भयो।


नेपाल प्रवासी तामाङ समाज कतारको अध्यक्ष तिर्थ थिङ तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तामाङ समाज कतारका कोषाध्यक्ष नेत्र वाईवा तामाङले उपस्थित सबैलाई आफ्नो स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो भने महिला विभाग उप-प्रमुख अस्मिता घिसिङ तामाङले खादा लगाएर तामाङलाई स्वागत गर्नु भएको थियो।


मन्तव्य दिने क्रममा तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष संयोजक नरवहादु घिसिङले कोषको बारेमा जानकारि दिदै हामि प्रवासमा रहेर पनि तामाङ कला संस्कृति र शिक्षाको बारेमा केही गर्ने जमर्को गरेको छौ। तर यो प्रयास मात्र पर्याप्त नहुने हुनाले ग्लोबल काउन्सिलको कन्सेबले मात्र यो हाम्रो सपना पुरा हुने बताउनु भयो। पुर्व अध्यक्ष तथा वर्तमान अन्तरास्ट्रिय समन्वय बिभाग संयोजक शंखलाल तामाङ ज्युले आफ्नो मन्तव्य दिदै ग्लोबल काउन्सिलको अभियानले जे हामीले सोचेको छौ त्यो अनुसार हामीले अगामीदिनहरुमा अगाडि बढ्नको निमित टेवा पुग्ने र बैदेशिक रोजगारीमा कमाएका केहि सिप र पैसाको सदुपयोग गरि हाम्रो समुदायलाई केहि मात्रमा भएपनि आर्थिक स्तर उन्नति तिर डोर्याउने विस्वास व्यक्त गर्नु भयो।


विशेष पाहुनाको रुपमा पाल्नु भएको तामाङले तामाङ समाज कतार अरु प्रवासमा रहेको भन्दा केहि पृथक रहेको र सबै तामाङ दाजुभाई तथा दिदि बहिनिसँग सविनय भेटघाट गर्ने मौका दिनु भएकोमा तामाङ समाज प्रति कृतज्ञता जनाउदै सबै तामाङहरु मिलेर एकताको लागि हातेमालो गर्नु पर्ने कुरामा जोड दिनु भयो।
समाजका महासचिव धिरेन तामाङले संचालन गरेको उक्त कार्यक्रममा आफ्नो अमुल्य समय र विचार राखि दिनु भएकोमा आफू अत्यन्तै खुशी रहेको र सबैलाई धन्यावाद दिदै कार्यक्रमलाई समापन गर्नु भएको थियो।

    


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै