कतारमा बरिष्ठ तम्वा श्री दावा वाङ्गेल मोक्तानको विशेष प्रस्तुतिमा “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” हुँदै।

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारले शैक्षिक विकास कोषको सहयोगार्थ आउँदो  बक्र ईदको अवसरमा २३ अगस्ट २०१८ बिहिबारको दिन  “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।
कार्यक्रममा नेपालबाट पाल्नुहुने अतिथि कलाकारहरु बरिष्ठ तम्बा तथा तम्बा संघ नेपालका अध्यक्ष दावा वाङगेल मोक्तान तामाङ, चर्चित सेलो गायिका सशिकला मोक्तान र चर्चित म्हेन्दोमाया गायक किर्ति तामाङको विशेष प्रस्तुति तथा  स्थानिय कलाकारहरुको  बेजोड प्रस्तुति रहनेछ।
सन २००५ मा स्थापित नेपाल प्रवासी तामाङ समाज कतारले विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि तामाङ जातिको मौलिक पर्व ल्होछार लगायत विभिन्न समयमा विभित कार्यक्रमहरु गर्नुका साथै विभिन्न समयमा विभित समस्यमा परेकाहरुलाई सहयोग गर्दै आईरहेको छ। साथै आफ्नो समुदायको शैक्षिक र आर्थिक रुपमा सवल बनाउनको निमित विभिन्न कोषहरु खडा गरि सकेको छ ।यस कार्यक्रमबाट प्राप्त रकम समाजले स्थापना गरेको “शैक्षिक विकास कोष“मा जम्मा गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै