माननीय मन्त्री शेर बहादुर तामाङ पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको प्रदर्शन कार्यक्रममा

श्री म्युजिक प्रा.लि.को ब्यानरमा निर्मित पहिलो तामाङ टेलिचलचित्र धर्ज्युको २५ औं भाग पुगेको उपलक्ष्यमा चियापान, भेटघाट तथा धर्ज्यु टेलिचलचित्र प्रदर्शन कार्यक्रम २०७५ अोम तामाङ सुख दु:ख सेवा गुठी बाैद्व,टुसाल बुद्वमार्ग काठमाडौमा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री माननीय श्री शेर बहादुर तामाङको प्रमुख अतिथ्यामा सम्पन्न भएको छ ।

श्री म्यूज़िक प्री.लि.का अध्यक्ष श्री दावा दोर्जे लामाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा श्री म्युजिकको अफिसियल वेबसाईट www.shreemusic.com.np को प्रमुखको अतिथिले उद्घाटन गरे लगतै विविन्न व्यबसायी, समाजसेवी, चलचित्रकर्मी, सन्चारकर्मी, प्रवासी सस्था नेपाल प्रवासी तामाङ समाज कतारले समेत धर्ज्यू सफलताको लागि शुभकामना दिनु भएको थियो ।

२५ औ भाग सम्मसफल पूर्वक आईपुनका लागी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतिक, रुपमा सहयोग गर्नु हुने सहयोगीदाता, मिडिया पर्ट्नर र धर्ज्यु टेलिफिल्मका कलाकारहरु लाई समेत मायाको चिनो र प्रमाणपत्र प्रमुख अतिथिको हात बाट प्रदान गरिएको थियो । प्रमुख अतिथिलाई तामाङ टोपी लगाई कार्यक्रमको सुचारु गरिएको उक्त कार्यक्रमलाई धर्ज्युका निर्देशक स्वयमले सन्चालन गरेका थिए ।

कमल योन्जन तामाङले निर्देशन गरेका पहिलो तामाङ टेलिचलचित्र धर्ज्यु INDIGENOUS TV बाट हरेक बिहीबार ८:३० देखि ९:०० बजे सम्म प्रसारण भैइरहेको छ भने यसको निर्माता अमर लामा बोम्जन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै