म्हेन्दोमाया समाज कतारको दोस्रो ऐतिहासिक अधिवेशन सभ्य र भब्य रुपमा समपन्न। अध्यक्षमा प्रकास मम्बा तामाङ।

१७ जुन २०१८।दोहा। तामाङ समाज कतार    ।

“भाषा, धर्म, लिपी, भेषभूषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान”भन्ने मुल नाराका साथ सन् २०१६ मा नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापना गरिएको म्हेन्दोमाया समाज दोहा कतारको मिति-१६ जुन २०१८ को दिन दोहा स्थित स्वागत रेस्टुरेन्टमा “दोस्रो ऐतिहासिक अधिबेशन २०१८” सभ्य र भब्य तरिकाले सफल भएकोछ।

 

प्रकास मम्बा तामाङको अध्याक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। कुमारि बोम्जन तामाङले सञ्चालन गरेको कार्यक्रममा समाजक निवर्तमान अध्यक्ष कान्छा राम तामाङले अध्यक्षता गर्नु भएको थियो भने नेपाल प्रवासि तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो।

सभापति,प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरुले संयुक्तरुपमा दिप प्रज्वलन गरि कार्यक्रमालई विधिवदरुपमा अघि बढाएको कार्यक्रममा उपस्थित सबैलाई निवर्तामान महासचिब श्री पाख्रिन तामाङले स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियो।

म्हेन्दोमाया समाजका सल्लहाकार थर्चलामा तामाङले म्हेन्दोमायाको बारेमा छोट्करिमा ब्याख्या गर्नु भएको थियो भने

खु्ला र बन्द सत्र गरि दुई चरणमा भएको  उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष श्री कान्छाराम तामाङले कार्यसमिति विगठन भएको घोषणा संगै निर्वाचन समितिको संयोजक श्री शंखलाल तामाङले निर्वाचन प्रकृया सुरू गर्दै उमेदवारि आवेदन दर्ता अवाहान गर्नु भएको थियो।

निर्वाचन प्रकृयाव्दारा निर्वाचित उमेदवारहरु

  • अध्यक्षः श्री प्रकास मम्वा तामाङ
  • प्रथम उपाध्यक्षः श्री गौतम तामाङ
  • व्दितिय उपाध्यक्षः श्री सञ्जय डिम्डुङ तामाङ
  • महासचिवः श्री अमृत तामाङ
  • सचिवः श्री कुमारि तामाङ
  • कोषाध्यक्षः श्री विनोद गोले
  • सह-कोषाध्यक्षः रविन्द्र तामाङ

सदस्यहरुः

  • श्री मान बहादुर तामाङ
  • श्री कुसुम लोप्चन तामाङ
  • श्री सुवास तामाङ
  • श्री बुध्दि लामा तामाङ
  • श्री पुष्पा तामाङ
  • श्री सामराज तामाङ
  • श्री सिकेन्द्र तामाङ
  • श्री गोपाल तामाङ
  • समिरा थोकर तामाङ
  • श्री अस्मिता घिसिङ तामाङ
  • श्री राम लामा तामाङ
  • श्री सोनाम मोक्तान
  • श्री कार्सिङ्गि तामाङ(कर्म सिङ तामाङ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै