राजा घलेद्वारा दोहामा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी।

दोहा – नेपालबाट अमेरिकाको एटलान्टा राज्यको लागि पर्यटकीय दुत, बिमान चालक, समाजसेवी एबम व्यबसायी श्री राजा घलेज्यु अमेरिका तिर जाने क्रममा केहि समय दोहा अवतरण रहनु हुने अबसरमा नेपाल प्रबासी तामाङ समाज कतार, छिमेकी मार्ट लिमिटेड र लि:ल फंग घले समाज दोहाको संयुक्त आयोजनामा मिति जुन-२२, २०१८ शुक्रबारका दिन दोहा स्थित वेलकम डाइन रेस्टुरेन्टमा परिचयात्कम तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भयो | सो कार्यक्रममा नेपाल प्रबासी तामाङ समाज कतारको द्वितिय उपाध्यक्ष एबम नव निर्बाचित म्हेन्दोमाया समाज कतारका अध्यक्ष श्री प्रकाश माम्बा तामाङज्युको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो | परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आ-आफ्नो परिचय दिदै प्रमुख अतिथि राजा घले ज्युलाई नेपाल प्रबासी तामाङ समाज कतारका सचिब शुश्री कुमारी बम्जन तामाङले खादा लगाएर सम्मान गरे |

कार्यक्रममा नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ, सल्लाहकार श्री रोशन दोङ तामाङ, सल्लाहकार माइला वाइबा तामाङ, सल्लाहकार श्री सुमन वाइबा तामाङ, कोषाध्यक्ष श्री नेत्र वाइबा तामाङ, छिमेकी मार्ट लिमिटेडका अध्यक्ष तथा नेपाल प्रवासी तामाङ समाज कतारको अन्तरास्ट्रिय समन्यवय विभाग संयोजक श्री शङ्ख लाल तामाङ, छिमेकि भिजन प्रोजेक्ट कमिटिका अन्तरास्ट्रिय एबम प्रोजेक्ट को-अर्डिनेटर तथा शैक्षिक कोष बिकासका संयोजक श्री नर बाहादुर घिसिंग तामाङ, महिला बिभाग उप संयोजक श्री अस्मिता घिसिंग तामाङ, नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लहाकर एवं सन्ध्या ग्रुप अलकोरका प्रमुख सल्लाकार श्री थार्चा लामा तामाङ, लि:ल फंग घले समाज कतारका अध्यक्ष श्री प्रिती घले, प्रमुख सल्लाहकार हरि बहादुर घले, महासचिब आयुष घले, सदस्य बिमल घलेज्यु लगायत अन्य सदस्यहरुको बाक्लो उपस्थिति थियो साथै कार्यक्रममा निबर्तमान गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका उपाध्यक्ष एबम ब्यावसायी श्री टि. बी. कार्कीज्यु, गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वयका टास्क फोर्स सदस्य श्री पूर्ण बाहादुर पोखरियाज्यु र एन आर एन एन सि सि कतारका प्रबक्ता श्री अशोक सिङ्दानज्युको पनि उपस्थितिले थप प्रशंसनीय र महत्व पूर्णबनेको थियो |

कार्यक्रम नेपाल प्रबासी तामाङ समाज कतारका महासचिब श्री धिरेन तामाङले सन्चालन गर्नु भएको थियो भने सस्थाको धारणा र उदेश्यहरुको बारेमा सल्लाहकार श्री सुमन वाइबा तामाङले प्रस्ट्याउनु भयोएको थियो।

लि:ल फंग घले समाज दोहाको तर्फबाट अध्यक्ष श्री प्रिती घलेज्युले सस्थागत धारणा र उदेश्यको बारेमा प्रस्ट्याउनु भयो | नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष श्री तिर्थ थिङ तामाङले सामाजिक कार्यको औचित्य र आबश्यकताको बारेमा मन्तब्य राख्नु भयो र यसै गरि सल्लाहकार श्री रोशन दोङ तामाङ कार्यक्रमका प्रमुख अतिथि श्री राजा घलेज्यु आफ्नो समय अभावका बाबजुद पनि हामीलाई समय मिलाएर एक अर्कासंग अन्तरक्रिया गर्ने मौका दिनु भएकोमा स-हृदय धन्यबाद मन्तब्य दिनु भयो | सन्ध्या ग्रुपअलखोरका प्रमुख सल्लाकार श्री थार्चा लामाज्युले पनि यस्तो कार्यक्रमले विश्व जगतमा भए गरेको परिबर्तन तथा संलग्नता, सम्भावना र अनुभतिहरुलाई दोहामा रहनु हुने दाज्यु भाईहरुले पनि प्रत्यक्ष सुनेर त्यसको अबलम्बन एबम सुचित हुन पाउने हुदा खुशी लागेको अभिव्यक्त दिनु भयो | परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमलाई अगाडी बढाउने क्रममा छिमेकि भिजन प्रोजेक्ट कमिटिका अन्तरास्ट्रिय एबम प्रोजेक्ट को-अर्डिनेटर, नेपाल प्रवासि तामाङ समाज कतारका शैक्षिक कोष बिकास कोष संयोजक श्री नर बाहादुर घिसिंग तामाङले बैदेशिक रोजगारको शिलशिलामा प्रबासीएका युवाहरुलाई प्रचुररुपले स्वदेश मै सामुहिक लगानीको अबसरहरु प्रदान गरिएको र निकट भबिस्य मै पनि छिमेकि भिजन प्रोजेक्टले नेपालमा थप ब्यबसायिक बिस्तार गर्न गइ रहेकोले कतारमा मात्रै नभई विश्व भरि कै नेपाली दाज्युभाई तथा दिदि बहिनिहरुलाई समेट्न हरतरहबाट संलग्न गराएर सिकेको सिप र अनुभबलाई स्वरोजगारिको माध्यमबाट सदुपयोग गर्दै आर्थिक उन्नति गराउने कार्यहरुकोबारेमा अबगत गराउनु भयो साथै उहाले खाडी मुलुकका श्रमिकहरुको बर्तमान अबस्था र यो सँग सम्बन्धित समसामुहिक बिषयहरुमा पनि अबगत गराउनु भयो | त्यसै गरि छिमेकी मार्ट लिमिटेडका अध्यक्ष तथा अन्तरास्ट्रिय समन्यवय संयोजक श्री शङ्ख लाल तामांगले प्रबासमा रहेका नेपाली हरु अब देखि अर्काको काम मात्रै होइन अब सामुहिक लगानीको माध्यमबाट स्वयम अग्रसर हुनु पर्ने र बर्तमानसम्मको अनुभवले पनि सानो ब्याबसाय नै किन नहोस तर लगनशील भएर काम गरेमा अबश्य सफल हुन सकिने जस्ता अत्यन्त महत्वपूर्ण बिषयहरुमा प्रकाश पार्दै उपस्थित सम्पुर्णलाई प्रेरित पार्नु भयो |

कार्यक्रमको प्रमुख ब्यक्ति श्री राजा घलेज्युले पनि सबैलाई सम्बोधन गर्नु हुदै भन्नु भयो कि छोटो समय मै भब्य कार्यक्रम बनेकोमा आभार व्यक्त गर्नु भयो साथै दोहामा पाएको माया र मित्रताले धेरै प्रफुल्ल भएको अनुभब बाड्नु भयो | मन्तब्यको क्रममा अब को समय ले धेरै फड्को मारेकोले गर्दा सामाजिक सस्थामा होस् या ब्याबसायिक क्षेत्रमा सबै सगठित भएर अघि बढेमा सफल हुन सजिलो हुने र रास्ट्रलाई पनि बिर्सनु नहुने कुरा राख्नु भयो | शिक्षा र स्वास्थ्य नै अहिले लागि अग्र आबश्यकतामा पर्ने भएकोले हाम्रा र समाज भित्र रहेर उचित सन्देश र वातावरण तय गरि दिनु हामी जस्ता व्यक्तिको अभिभारा हो भन्नु भयो | निबर्तमान गैर आबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका उपाध्यक्ष एबम ब्यावसायी श्री टि. बी. कार्कीज्युले पनि नेपालीहरु प्रबासमा पनि नेपालको इज्जत र शानलाई श्रमको माध्यमबाट उच्च राखेको र खास गरि खाडी मुलुकबाटै देशको अर्थ तन्त्रमा ठुलो टेवा पुर्याउने भएको हुनाले नेपाली दाज्युभाई तथा दिदिबहिनिहरुको लगनशीलता प्रति सम्मान गर्नु पर्ने अभिव्यक्ति राख्नु भयो साथै अन्तमा, कार्यक्रमका सभापति श्री प्रकाश माम्बा तामाङ ज्युले उपस्थित सम्पूर्ण लाई स-धन्यबाद सहित कार्यक्रम सम्पान गर्नु भएको थियो|


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै