अग्नि पिडितलाई तामाङ समाज कतारको आर्थिक सहयोग ।

गत बैशख १३ गते अकस्मात आगालागि भई घर पुर्णरुपमा ध्वास्त भएको र सम्पुर्ण सर समान लगायत लत्ताकपडा, अन्नपात साथै अन्य महत्वपुर्ण कागज पत्रहरु समेत जलेर नष्ट भई अत्यन्त कष्टकर जीवन यापन गरिरहेका मनहरि गाउपालिका-१, मकवानपुर निवासि अकिल मान घलान तामाङलाई नेपाल प्रवासी तामाङ समाज कतारले संकलन गरेको रकम  समाजका प्रथम उपाध्यक्ष श्री तेज मोक्तान तामाङ, छिमेकि मार्ट लि. का मेनेजर श्री भावनी प्रधान शोरुम ईन्चार्ज श्री गणेश तामाङ लगायत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा  छिमेकि मार्ट लि. बौद्ध स्थित उक्त अग्नि पिडित सहयोगका अभियान कर्ता तथा कुवेत घेदुङको सचिब नोर्साङ जिम्वा तामाङ ज्युलाई  एक कार्यक्रम आयोजना गरि रू २०,००० सहयोग हस्तान्तरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै