उपचार गर्ने तरिका गलतहुँदा १२ बर्षे ब्लड क्यान्सर सुमन घालेको निधन

संसारभरका शुभचिन्तक सहयोगी अभियन्त महानुभावहरुलाई सुनिल घले बचाउ अभियानको दुःखद अन्त्य भएको जानकारी यसका अभियानकर्ता बिगेन्द्र वाइबा तामाङ ज्युले आफ्नो फेसबूक वालमार्फता सबैमा जानकारी दिनु भएको छ ।

नुवाकोट जिल्ला किस्पाङ गा ।वि ।स ।को भाल्चे ठेगाना रहेको हाम्रो म्हेन्दोमाया कलाकार रोजिना घले बहिनीको भाई वर्ष १२ को सुनिल घले विगत ४ महिनादेखि ब्लड क्यान्सर जस्तो घातक रोगबाट पिडित भएर बिभिन्न ठाउँका अस्तपतालमा उपचार गर्दै गर्दा विगत केही महिना अगाडिदेखि कान्ति बाल अस्पतालमा उपचार भइरहेकोमा स्थिति गम्भीर भएपछि केहीदिनदेखि बसुन्धारा स्थित इशान बाल अस्पतालमा आईसियुमा भर्ना हुन आईपुगेका थिए । ईशान बाल अस्पताल बालकहरुको उपचार गर्ने भएता पनि क्यान्सरको भने उपचार हुने व्यवस्था थिएन तैपनि बिरामीको कमजोर स्वस्थ स्थितिले गर्दा पछिल्लो अवस्थामा आइसियुमा राखेर उपचार गराईरहेका थिए । सानो १२ वर्षे बालकलाई औषधिको डोज अनि किमोको प्रयोगले गर्दा निकै कमजोर अवस्थामा पुगेपछि अन्तिम अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराउँदै थिए, र नियमित निरिक्षणमा बिरामीको प्रगति प्रायः सुन्य नै रहेको थियो ।

कामाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पतालमा भर्ना भएर उपचार गराउने क्रममा म्हेन्दोमायाका दाजुभाई तथा दिदिबहिनीहरु पुगेर बिरामीको स्थिति बुझेर अस्पतालको भनाईमा उपचार हुन सक्ने तर खर्च धेरै लाग्ने भन्ने बुझिएकोले बिगेन्द्र वाइबा लगायतको समुहले पहिला च्याटिङ मार्फत र पछि अन्लाईन मिडिया र युटुब भिडियोहरुमार्फत सहयोग अभियान चलाएका थियो । बिगेन्द्र वाइबा थप्नु हुन्छ ” सहयोगी मनहरुलाई धन्यवाद भन्दै हामीले बिरामीलाई बचाउने प्रयास गर्दा गदै पनि बचाउन नसकिएकोमा दुःखि छौं । ब्लड क्यान्सर एउटा घातक रोग हो । तैपनि अहिलेको विज्ञानले प्रगति गरेको अवस्थामा त्यस्ता केही उदाहरणहरु पनि छन् जो ब्लड क्यान्सर लागेर पनि नियमित उपचार पछि साधारण जिवन जिइरहेका छन् । यसै आशा र विश्वास अनुरुप हामीले बनाउ अभियान चलायौं तर बिरामीलाई बचाउन सकेनौं । सायद हामी कहि कतै चुक्यौं कि ? बिरामीलाई कान्ति बाल अस्पताल भर्ना लगतै उपचारको क्रम र यो उपचारको क्रमलाई चुस्त दुरुस्त बनाउन भारत लैजाने भन्ने पनि कुरा भएको हो तर अस्पताल पक्षले यही उपचार हुन्छ किन लैजानु भन्ने आश्वसनमा हामी विश्वस्त भयौं र उपचारलाई त्यही सिमित गरायौं । ”


” १२ वर्षको बिरामीले कस्तो कुन खालको डोज डाईजेष्ट गर्न सक्छ र उपचारमा क्रमिक उपचार पहिला के गर्ने र त्यसपछि के गर्नु पर्ने भन्ने ज्ञान हामीमा थिएनौं । हामी बिरामी अस्पतालको बेडमा पुयाएपछि उपचार भैहाल्छ भन्ने कुरामा मात्र ढुक्क थियौं । तर हामीमा डक्टरले के औषधि दिदैछ, कुन डोजको हो, बिरामीले पचाउन सकिरहेको छ कि छैन भन्ने कुनै आधार थिएन । पहिलो पटक भेटन जाँद यति चुस्त र चंग चन्चल थियो कि मानौं बिरामी होइन, बाहिर खेल्न गएर आराम गर्न बेडमा पल्टेका हुन भने झै लाग्थ्यो । दोस्रो पटक भेटन जाँदा अलिक शिथिल अवस्थामा भेटे, कुर्नका लागि बिरामीको दाजु बसिरहनुभएको थियो । दाजु आफै पनि अनिभिज्ञ नै थिए बिरामीको उपचार बारे, बालकको आपाआमा दुवै भाषाको कारण कुरुवा बस्ने अवस्थामा थिएन, अस्पतालमा नेपाली बोल्न पर्ने, तर बिरामी सुनिल भाईको आपाआमा दुवैलाई नेपाली त्यति राम्रो सँग आउदैनथ्यो अ्रग्रेजी त बुझ्ने कुरा नै भएन । यस्तो विषम अवस्थामा बिरामीको अभिभावकको रुपमा उनको दिदि रोजिना घले नै थिइन । उनी पनि चौबिसै घण्टा खटन सक्ने भन्ने त होइन । सबिना लगायत अरु बहिनीहरुले बिरामी भाई सेवा गर्ने र कुरुवा बसिदिन रोजिनाको पालो दिन काम गरिरहेको थियो ।जब हामीले तेस्रो पटक भेटे बिरामी भाईलाई किमो उपचार शुरुगरेको थियो, कपाल झरेको कारणले खौरेर सफा बनाएको थियो । पहिला भेटद खेताला झै खाना खाने भाई सास फेर्न पनि मस्किल देखेर हामी भित्र भित्रै समवेदनाका आँसु निकाल्न बाध्य भयौं । बिरामी निकै कमजोर अनि शिथिल अवस्थामा थिए । हामीलाई लाग्यो कि अस्पताल उपचार गर्ने ठाउँ मात्र नभएर उपचार प्रयोगशाला पनि हो कि ? १२ वर्षको बालकलाई जुन नरम तरिकाले उपचार गर्न पथ्यौं त्यो नभएको हो कि ? किमो थेरापी भन्दा पहिला ब्लाड क्यान्सरलाई गरिने बोन म्यारो या अन्य कुनै उपचार गर्नु पर्ने थियो कि ? डा उपेन्द्रकै सवालमा पनि सुनेको थियो किमो अन्तिम थेरापी भएकोले म यो प्रयोग नगरी बस्छु भन्नुभएको थियो रे । जब हामीले किमो उपचार पछि बिरामीको हालत देख्यौं तब हामी केही अंश निराशामा परिणत हुन बाध्य थियौं । सास हुन्जेल आस भन्ने तर्क अनुसार निरन्तर हामी उपचार र सहयोग जुटाउने क्रम भने अगाडि बडाई रह्यो । प्राप्त सहयोग अनि स्थानीय जनसेवक प्रतिनिधिहरुको सहयोगमा हामीले बालकलाई भारतमा लगेर उपचार गर्ने योजना बनाउँदै गरेको क्रममा हिजो राती नै अस्पताल पक्षले बालकको मृत्यु भइसकेको र चाँडै हाटाउनका लागि दबाब दियो, हामी मृतक सुनिल घलेलाई उहाहरुको परिवारको अनुरोध अनुरुप एम्बुलेन्स मार्फत राति नै गाउँतर्फ पठाएको हो । ”
नोट:- समाजसेवी बिगेद्र वाइबा तामाङको फेसबूकबाट साभार गरिएको


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै