आज कतारमा दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ शुरु हुँदै

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुढृढिकरण” भन्ने मुल नाराका साथ २००५ मा स्थापना गरिएको नेपाल प्रवासी तामाङ समाज कतारले शैक्षिक विकास कोषको सहयोगार्थ आज २३ अगस्ट २०१८ बिहिबारको दिन गल्फ प्याराडाईज होटल दोहामा  “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” बृहत् साँस्कृतिक कार्यक्रम गर्नका लागी पुर्ण रुपमा तयारी भैसकेको छ । कार्यक्रमका लागी  नेपालबाट अतिथि कलाकारहरु चर्चित सेलो गायिका सशिकला मोक्तान र चर्चित म्हेन्दोमाया गायक किर्ति तामाङ सोमवार राती नै कतार पुगी सक्नु भएको छ ।

   

सन २००५ मा स्थापित नेपाल प्रवासी तामाङ समाज कतारले विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि तामाङ जातिको मौलिक पर्व ल्होछार लगायत विभिन्न समयमा विभित कार्यक्रमहरु गर्नुका साथै विभिन्न समयमा विभित समस्यमा परेकाहरुलाई सहयोग गर्दै आईरहेको छ। साथै आफ्नो समुदायको शैक्षिक र आर्थिक रुपमा सवल बनाउनको निमित विभिन्न कोषहरु खडा गरि सकेको छ । यस कार्यक्रमबाट प्राप्त रकम समाजले स्थापना गरेको “शैक्षिक विकास कोष“मा जम्मा गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै