सभ्य र भब्यताकासाथ दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८ सम्पन्न – कतार

कमल याम्बु,

हिजो २३ अगस्त २०१८ बिहिबारको दिन गल्फ प्याराडाईज होटलमा नेपाल प्रवासी तामाङ समाज कतारद्वारा आयोजित शैक्षिक विकास कोषको सहयोगार्थ “दोस्रो ऐतिहासिक डम्फु साँझ २०१८” सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासि जनजाति महासंघ कतारका अध्यक्ष श्री देव राज राई, बिशेष अतिथि, अतिथिज्यूहरु,नेपाल देखि कतार पुगेका अतिथि कलाकार द्वय शशिकला मोक्तान र कीर्ति तामाङ,

म्हेन्दोमाया समाज दोहा कतारको अध्यक्ष श्री प्रकाश मम्वा तामाङ, नेपाल तामाङ कलाकारसंघको अध्यक्ष श्री सबिना लोप्चन तामाङ , सन्ध्या ग्रुप अलखोरको अध्यक्ष श्री बिरेन्द्र कुमार याक्थुम्ब, रामेछाप दोहा सम्पर्क समितिको सचिव श्री ललित लो, युनिक नेपालि भान्छा घरमा प्रबन्ध निर्देशक कमल , NRNA NCC Qatar का प्रथम उपाध्यक्ष तेज कटवाल , NRNA NCC कतारको ३ नं । प्रदेशको संयोजक श्री नारायण बिष्ट , नेपाल तामाङ घेदुङको पुर्व केन्द्रिय सदस्य श्री रामचन्द्र ग्याबा, सगु प्रोडक्सनका प्रबन्ध निर्दशक श्री गणेश अधिकारि संस्थापक तथा संरक्षकज्यू,प्रमुख सल्लाहकारज्यू,विशेष सल्लाहकारज्यू,सम्पुर्ण सल्लाहकारज्यूहरु,कार्यसमितिका सम्पुर्ण सदस्यज्यूहरु,सम्पुर्ण बिभागिय प्रमुख तथा उप प्रमुखज्यूहरु लगायत कतारमा कार्यरत नेपालिहरुको बाक्लो उपस्थितिमा सभ्य र भब्य तरिकाले सम्पन्न भएको जानकारी तामाङ समाज कतारको प्तितीनइधिले दिएको छ । महासचिव दिरेन तामाङले सन्चालन गरेका उक्त कार्यक्राम समाजका अध्यक्ष तिर्थ थीङ तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै