बौद्ध सिदार्थ हलमा सेम रिन मुला माया भाद्र १६ मा

कमलश्री, भाद्र-१०,
जय लक्ष्मी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित हुत्त सन्जय र अर्जुन खड्काले निर्देशन गरेको तामाङ कथानक चलचित्र सेमरिन मुला माया यहि १६ गते सनिवार बिहान ९:३० बजे बौद्ध सिदार्थ हलमा बिशेष सो हुने भएको छ ।
ल्होसाङ लामा र सम्झ ना लामाले निर्माता गरेका उक्त्त चलचित्रमा सह निर्माता भने भिम बहादुर तामाङ र कमल योन्जन तामाङ रहेका छन ।

क्राबा ङाला सेम ’रुन्छ मेरो मन’को अपार सफलता पछि निर्माता निर्देशक हुत्त सञ्जय लामाले क्राबा ङाला सेमक–२, तामाङ कथानक चलचित्र सेमरिन मुला माया निर्माण गरेका हुन । चलचित्रमा खुशी तामाङ र निर्देशक स्वयम मुख्य भूमिकामा देख्न सकिन्छ भने उनिहरुलाई चलचित्रमा चरचित कलाकारहरु राजु झाकास वाइबा, सविन श्रेष्ठ, शंख बहादुर तामाङ (जुङ्गे), सङ्गिता दोङ,प्रदिप दोङ तामाङ, रुचिका गोले तामाङ, भिम बहादुर तामाङ, अनिता तामाङ, गङ्गा तामाङ, कमल तामाङ, कमल लोप्चन,तिर्थ कुमार दोङ,राज बिरहि, रोहन तितुङ,आम्बिर रुम्वा तामाङ, सुरज घिसिङ तामाङ, सुवर्ण तामाङ, हिरा तामाङ, प्रकाश तामाङ, आशिस दोङ तामाङ, श्रीजन तामाङ, समिन दोङ, लोक बहादुर तामाङ, विशाल लामा, मान बहादुर तामाङ, रोशन तामाङ,भुईसल लामा, स्व.पान ब. तामाङ, रोशन तामाङ लगायतको कलाकारहरुले साथ दिएका छन् ।

सधै एक्सन नायकको रुपमा हामीले तामाङ चलचित्रहरुमा देखिरहेको तिर्थ तामाङ भने यो चलचित्रमा पृथक भूमिका अर्थत कमेडी भूमिकामा देख्न पाईने छ ।चलचित्रमा अजय स्याङदानको नृत्य, प्रयस दोङ र हुत्तको शब्द÷संगित, लामा, अमृत निमा दोङ, जितु लोप्चन, प्रयस दोङको स्वरमा सजिएको राजु दोङको द्धन्द,शब्द कुमार स्याङ्बा, छयाङ्कन गोकुल / रामेश्वोर जिरेल, सृङ्गार माया मगर रहेको तामाङ कथानक चलचित्रमा तामाङ समाज भित्र भईरहेको, घटेको घटनालाई लव, कमेडी, एक्सन तथा अन्य मरमसला मिसाई चलचित्रलाई रोचक बनाएको दावी गर्छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै