केन्द्र घेदुङ अध्यक्षलाई कतारबाट आशिष मोक्तानको प्रस्ने? आबद्धता खारेज गरि नया शाखा खोल्नु नै समस्याको समधान हो र ??

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको पछिल्लो कदमले घेदुङ विवादित बनेको छ । गत ल्होछारको मुखैमा आएर तिथि परिवर्तन गरेको विषयलाई लिएर नेपाल प्रवासी तामाङ समाज कतारले असुतष्ट जनाउदै निकालेको प्रेस विज्ञप्तिले घेदुङ रूष्ट हुदै घेदुङले तामाङ समाज कतारलाई आवद्धता खारेजी गरेको समाचार र घेदुङ अध्यक्षको हैकमवादी नीतिको यतिबेला एक पछि अर्को पर्दाफास र चौतर्फी विरोध भईरहेको छ । तामाङ समाज कतारको आवद्धता खारेजी गरेको हल्ला मात्र पिट्ने तर अहिले सम्म खारेजीको औपचारिक पत्र चाही नदिने र कतारमा छुट्टै शाखा गठन गर्न लगाउने जस्ता अन्योलता सृजना गर्ने कार्यमा घेदुङ अध्यक्षको प्रत्यक्ष संलग्नता रहेको बिभिन्न घटना क्रमले पुष्टि गरेको भन्दै प्रमाण सहित यही विषयलाई लिएर कतारबाट विभिन्न माध्यमबाट निरन्तर खबरदारी गरिरहेका छन् ।


आशिष मोक्तान तामाङ
केन्द्रिय सदस्य
नेपाल प्रवासी तामाङ समाज कतार
दोहा, कतार ।
अध्यक्ष मोहन गोले ज्यु,
गत सालमा भएको ल्होछारको विवादलाई लिएर नेपाल तामाङ घेदुङ्ले नेपाल प्रवासी तामाङ समाज कतारलाई घेदुङबाट आबद्धता खारेज गरिएको छ भन्दै घमण्डको साथ भन्नु भएको कुराले नै प्रस्ट हुन्छ कि तपाईले मौकामा चौका हैन छक्का दाउ हान्ने तयारीमा हुनुहुन्थ्यो भनेर। प्रवासका विभिन्न संघ संस्थाहरूले ल्होछारको कार्यक्रम मिति तय र नेपालबाट आउने अथिती कलाकारहरु भिषा टिकट ब्यानर र होटेल बुकिङ्ग भैसकेको कुरा ग्रुपमा जानकारी गराउदा सम्म तपाईले समर्थन गर्दै हुनुहुन्थ्यो तर एक्कासी ल्होछारको तिथि नै सारेर ल्होछारलाई बिबादमा ल्याउनु तामाङ समाज कतारको गल्ती होकि घेदुङको ? लाखौ तामाङहरुले घरघरमा ल्होछार मनाउन तयारी गरिरहेका बेला तिथि नै परिबर्तन गरि लाखौ तामाङहरुलाई भ्रममा पार्नु तामाङ समाज कतारको गल्ती होकि घेदुङको ?
गत बर्ष ल्होछारको बिषयलाई लिएर लाखौ तामाङहरुले घेदुङको एकल निर्णय प्रती सामाजिक संजालमा बिरोध गरेका तपाईं हाम्रो सामुन्ने छर्लङ्ग छँदै छ भने तामाङ समाज कतारले निकालेका प्रेस बिज्ञप्ती प्रती घेदुङले आबद्धता खारेज गरेको हो भन्दै अहमता देखाउछ भने लाखौ तामाङहरुले घेदुङले गरेका निर्णय प्रती गरेका प्रतिकारलाई कसरी रोक्नु हुन्छ ?
घेदुङले ल्होछारको मुखैमा आएर तिथि नै परिबर्तन गरेपछी नेपाल प्रवासी तामाङ समाज कतारले आपत्ती जनाउदै प्रेस बिज्ञपति निकालेका थिए।अचम्मको कुरा दुई महिना अगाडी सम्म नसरेको ल्होछारको तिथि एक्कासी कसरी सर्यो।यदि तिथि सर्ने नै हो भने २०/२० लाख तामाङहरुलाई नेतृत्व गर्ने घेदुङले पहिले नै जानकारी दिन पर्छ कि पर्दैन ? घेदुङले सोही बिषयमा तामाङ समाज सँग स्पष्टीकरण मागे र तामाङ समाजले स्पष्टीकरण पनि दिए।घेदुङले गरेका गलत निर्णयलाई पनि हो मा हो मिलाएर समर्थन गर्ने संस्थालाई पनि शरण दिने होर ? नत्र भ्रस्ट नेता र झोले कार्यकर्ता र हामीमा के फरक रहयौ र ?
अध्यक्ष ज्यु तामाङ समाज कतार र उपाध्यक्ष अजितमान तामाङज्युले बितन्डा मच्चायो झन्डै झन्डै घेदुङको अस्तित्त्व नै समाप्त पार्यो र्हामीले घेदुङलाई बचायौ भन्नु भएको छ।जाबो एउटा बिचार नमिल्दैमा आबद्धता नै खारेज गर्न पर्ने अबस्था आउँछ भने २०/२२ लाख तामाङहरुको बिचारलाई नेतृत्व गर्छु भन्नू नै हाँस्यदपद हो। हो एउटा देशमा भएको संस्थाको आबद्धता खारेज गरे अर्को संस्था खोल्न मिल्छ त्यसमा हामिलाई टाउको दुखाईको बिषय भएन तर चित्त नबुझेको कुरालाई घेदुङमा आबद्वता संस्थाले प्रेस बिज्ञप्ति निकाल्दा कान समातेर माफी माग्न पर्ने ? के प्रेस बिज्ञप्तिमा लेखिएका हरेक शब्दहरु अपराध नै थिए त ? अध्यक्ष ज्यु यो त एउटा बाहना मात्र हो तामाङ समाजलाई घेदुङले हेर्ने दृष्टिकोण नै फरक थिए।त्यसैले यहि मौकामा चौका हैन छक्का दाउ हान्ने तयारीमा हुनुहुन्छ।तामाङ एकता जिन्दाबाद हैन जिन्जिप्लुत हुँदैछ। थुजेछे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै