खाडी राष्ट्रमा रहेको छ तामाङ समाजिक संस्थाको संयुक्त प्रेस विज्ञप्ती।

सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति
नेपाल तामाङ घेदुङ संग अवद्ध जातिय प्रवास संगठन र तामाङ सामजिक संस्थाहरुको गम्भिर ध्यानाकर्षण गर्दै विभिन्न आदिवासि जनजाति संघ–संस्थाहरुबाट विरोध भएपछि वडाध्यक्ष श्री नेत्र बहादुर कार्कीले असोज १२ गते नै एक विज्ञप्ती जरि भएता पनि प्रप्ट बुझिने भाषामा खादा निषेधको निर्णय फिर्ता नलिएको र आफ्नो अहमतमा अडन रहेकोले पुन वडा अध्यक्ष श्री नेत्र बहादुर कार्की लाई प्रवासबाटै स्मरण गराउन खाडि राष्ट्रमा रहेको छ तामाङ सामाजिक संस्थाले संयुक्त प्रेस विज्ञप्ती निकालेको छ।
प्रस्तुत विज्ञप्तीको पुरा विबरणः-

मितिः२६/०६/२०७५
खाडी राष्ट्रमा रहेका तामाङ समाजिक संघ, संस्थाहरुको
संयुक्त प्रेस विज्ञप्ती

नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक जस्ता विविधताले भरिपूर्ण एक स्वतन्त्र राष्ट्र हो । नेपालमा सधिऔकाल देखि विभिन्न भाषा, धर्म, संस्कार, संस्कृतिको प्रचालन भएतापनि – हामी विविधको एकतामा आत्मसाथ गर्दै आईरहेका छौ । यस मध्ये तामाङ जाति नेपालको बौद्ध धर्मअवलम्वी आदिवासीजनजाति मध्येको एक विशेष समुदाय हो । तामाङ जातिको आफ्नो पृथक भाषा, धर्म, लिपि, संस्कृति र परम्पराको छुट्टै पहिचान रहेको छ ।
यो जानकारी नेपालमा रहेका सम्पूर्ण समुदायहरुलाई ऐन झै छर्लङ हुदाहुदै पनि केही समुदायको सिमित नेता तथा आफूलाई उपल्लो जाति सम्झाने विवेक हिन भएको ब्यक्तिहरु र राज्यले नै नियोजित रुपमा हाम्रो समुदाय माथि हस्तछेप गर्ने, हाम्रो संस्कार–संस्कृति, भाषा–धर्मको अवमुल्य गर्ने र बौद्ध धर्म अवलम्बन गरेको हरेक विशेष महत्वको संस्कार माथि समेत प्रतिवन्ध लगाउने जस्ता घटनाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गर्दै आईरहको कुरा सर्वविधितै छ ।
ऐतिहासिक जनअन्दोलनबाट पश्चात दोस्रो संविधान सभाबाट प्राप्त “नेपालको संविधान – २०७२” को मर्म अनुरुप देश धर्मनिरपेक्ष र संघिय राज्य प्रणालीमा परिणत भैसकेको अवास्थामा समेत संवैधानिक मर्म विपरित आफ्नो हक, अधिकार, सामजिक मुल्यमान्यता र सांस्कृतिलाई समेत अपहेलना गर्दै राज्यबाट प्राप्त तामाङहरुको संस्कृतिक महान राष्ट्र पर्व “सोनाम ल्होछार” तथा आदिवासी जनजातिहरुको विभिन्न राष्ट्रिय पर्वलाई सिमित समुदायको रुपमा ब्याख्या गदै राष्ट्रिय विदालाई समेत हटाईयो । हामी भुमिपुत्र–आदिमकाल देखि बसोवास गरि यहि माटोमा हाम्रो पुर्खाजहरुले यो राज्यलाई स्वत्रन्तभुमिको निम्ति दिएको अहुतिलाई अमुल्य गदै आज हामी तामाङ तथा आदिवासी जनजातिहरु राज्य पक्षबाट अपहेलितमा छौ र हाम्रो स्वत्रन्ता र संस्कार माथि विस्तारै अंकुश लगाउने काममा राज्य एवं जनप्रतिनिधिहरु विस्तारै सल्बलाउन थालेको कुराको उदाहरण पछिल्लो समयमा बौद्ध धर्मवलम्वी बाट आदिमकाल देखि शुभकार्य तथा विभिन्न कार्यक्रमा प्रयोग गरिने – खादा माथिको प्रतिबन्धले पुष्टि गर्दछ ।
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नम्बर – १ कार्यलयको मिति २०७५/०६/०९ पत्र संख्या ०७५÷७६ र चलानी नं. ७७ मा वडाअध्यक्ष श्री नेत्र बहादुर कार्कीको हस्ताक्षर सहित निकालिएको सुचनामा ०१ कार्तिक २०७५ देखि लागु हुने गरि उक्त क्षेत्रमा कुनै पनि सार्वजानिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने भनि निषेधित गरिएको सुचना प्रति हामी नेपाल तामाङ घेदुङ संग अवद्ध जातिय प्रवास संगठन र तामाङ सामजिक संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको छ । विभिन्न आदिवासि जनजाति संघ–संस्थाहरुबाट विरोध भएपछि वडाध्यक्ष श्री नेत्र बहादुर कार्कीले असोज १२ गते नै एक विज्ञप्ती जरि भएता पनि प्रप्ट बुुभिने भाषामा खादा निषेधको निर्णय फिर्ता नलिएकोमा र आफ्नो अहमतमा अडन रहेकोमा हामी पुन वडा अध्यक्ष श्री नेत्र बहादुर कार्की लाई प्रवासबाटै स्मरण गराउन चाहन्छौ । यो निर्णयलाई नेपालको संविधान – २०७२ र मुलुकी ऐन परिच्छेद–९ धर्म सम्वन्धि कसुरको दफा–१५५ समेतको संवैधानिक प्रावधान विपरित रहेको ठहर समेत गरिएका छौ ।
तसर्थ, वडाध्यक्ष श्री नेत्र बहादुर कार्कीले उपयोग गरेको भ्रमित शब्दको प्रयोग गरि शब्दजालको खेल खेल्ने र आम समुदायलाई अन्योल÷दिग्भ्रमित बनाउने खालको विज्ञप्ती जारी नगरि स्पष्ट भाषामा २०७५ असोज ९ गते जारी गरेको खादा निषेधको हैकमबादउर्दी पूर्ण रुपमा फिर्ता लिई समाजिक सदभावलाई नखबल्याउन आग्रह गर्दछौ । यस अनुरोधलाई अन्यथा लिई फिर्ता नलिएमा संवैधानिक पदिय ओहदाको दुरुपयोग गरि धार्मिक सहिष्णुता भड्काउन गरिएको समाजिक सद्भवमाथि आक्रमण गर्ने कुनै जनप्रतिनिधिको हैसियतमा रहिरहन हुदैन भन्दै तत्काल समानित पदबाट राजीनामाको माग गदैछौ ।

अन्तमा, यस किसिमको सामाजिक तथा धार्मिक हकहितलाई अवमुल्य गर्ने प्रत्यक्ष या अप्रत्यक्ष कुनै पनि निर्णय र कार्यको राज्यको सम्मानित तहतक्कामा रहेको विशेष ब्यक्तित्व, मतहतका अंगबाट र स्वयम राज्यबाट यस किसिमको सामाजिक विभेद र धार्मिक सहिष्णुता एवं सद्भाव भड्काउन गरिएको यस किसिमको निन्दनिय निर्णय प्रति हामी सम्पूर्ण प्रवासी तामाङ समाज र संघ–संस्थाहरु संयुक्त रुपमा निन्द एवं घोर भत्सर्ना गर्दछौ । धन्यवाद ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै