तामाङ समाज कतारको आठौँ अधिवेशन दोहाको बेस्ट वेस्टर्न होटेलमा।नयाँ सदस्यता लिने तथा पुराना नविकरणको समयावधि २ दिन मात्र बाँकी।

तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन् २००५ मा स्थापना गरि सन् २००६ मा स्थापना गरिएको आदिवासी जनजातिहरुको छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन यहीँ आउँदो २६ अप्रिल २०१९ शुक्रवारको दिन दोहाको बेस्ट वेस्टर्न होटेल,दोहा सिटी पछाडी हुने भएको छ।

कतारलाई कर्मभुमि बनाएर बस्नु भएका तमाम तामाङ दाजुभाइ तथा दिदिबहिनिहरुको लागि नयाँ सदस्य लिई दिनुहुन तथा पुरानो सदस्यहरुलाई नविकरणको लागि खुल्ला गरिएको जानकारी संयोजक तामाङले दिनु भयो।
सदस्यता नयाँ वा नविकरणको प्रकृया यहिँ आउँदो १२ अप्रिल २०१९, शुक्रवारको दिनसम्म मात्र रहेकोले तमाम तामाङ दाजुभाइ तथा दिदिबहिनिहरु समक्ष समयमै आफ्नो सदस्यता सुरक्षित गर्नु हुन अनुरोध पनि गर्नु भएको छ।
नेपाल प्रवासी तामाङ समाज कतारको साधारण सदस्य प्राप्त गरेको र वैधानिक्ता अवधि रहेको सदस्यहरुले नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको आपतकालीन राहत कोषबाट भवितव्य भैपरि आएको खण्डमा नेपाल स्थित आफन्त परिवारजनको राहतको निमित रु २ लाख सहयोग गर्ने भएको छ।
सन् २०१२ मा तामाङ समाज कतारमा आबद्ध सदस्यहरुद्वारा नेपालमा सञ्चालित छिमेकि मार्ट लिमिटेट संग आन्तरिक सहकार्य गरी समाजको परिचय पत्र बहकले जम्मा खरिद गरेको मुल्यमा ५%ले छुट दिने व्यवस्था गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै