दोस्रो म्हेन्दोमाया साझ कार्यक्रमको लागि चर्चित कलाकार कतारमा

२९ साउन
म्हेन्दोमाया समाज दोहा-कतारको आयोजनामा
हुन लागेको दोस्रो म्हेन्दोमाया साझ कार्यक्रमको लागि चर्चित कलाकार कतारमा आइपुगेका छ्न ।

यहि आउदो १६ तारीख शुक्रबारको दिन सनैया स्थित अल डल्ला ड्राभिङ एकेडेमी हलमा हुने बृहत दोस्रो म्हेन्दोमाया साझ २०१९ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू दोहामा हिमालयन एयरलाइन्स बाट आइपुगेका हुन ।

दोहाको अन्तरास्ट्रिय विमान स्थलबाट बाहिर आए लगत्तै अतिथि कलाकार हरुलाई म्हेन्दो माया समाज कतार, नेपाल प्रबासी तामाङ समाज कतार, तामाङ कलाकार संघ दोहा-कतार लगायतले संयुक्त रूपमा खादा ओढाएर भब्य स्वागत गरिएको हो ।

नेपालबाट आमन्त्रित कलाकारहरुमा सेलो गायिका बबिता पाख्रीन, म्हेन्दोमाया गायक आशिक गोङ्बो र म्हेन्दोमाया गायिका सीता लामा तामाङ रहेका छ्न ।
उहाँहरुलाई स्वागत गर्न तिनै ओटा संस्थाका प्रमुखहरू, पुर्व पदाधिकारीहरु, तथा बर्तमन पदाधिकारीहरु, सदस्यहरु तथा समाजसेवीहरु लगायत शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो।

बिगतका सालहरुमा जस्तै हुने बृहत म्हेन्दोमाया साझ कार्यक्रममा तामाङ जातिहरुको मौलिक रितिथिती पद्धति जीवन शैली बिबहा न्वारान जस्ता अवसरमा गरिने विभिन्न सास्कृतिक कृयाकलाप झाकी पुजाहरु समेत राखिनुका साथै कतारमा रहेका स्थानिय कलाकारको पनि बेजोड प्रस्तुती पनि रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै