कतारमा दोस्रो म्हेन्दोमाया साँझ भब्यताका साथ सम्पन्न

नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा स्थापित म्हेन्दोमाया समाज दोहा कतारको आयोजनामा “दोस्रो म्हेन्दोमाया साँझ- २०१९” सास्कृतिक कार्यक्रम हिजो २०१९ अगस्ट १६ तारिखका दिन भब्यताका साथ सम्पन्न भएको छ ।

कतारको सनैया स्थित डल्ला ड्राइभिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा नेपालबाट आमन्त्रित म्हेन्दोमाया,सेलो र नेपाली गीतहरु गाएर साङ्गीतिक फाटमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल चर्चित कलाकार हरु सीता लामा,आशिक गोङ्बो तामाङ र गायिका बबिता पाख्रीन तामाङको को साथमा स्थानिय कलाकारको बेजोड प्रस्तुतिका साथ भब्य कार्यक्रम सम्पन्न भएको हो ।

भाषा, धर्म, लिपि, भेषभुषा, संस्कार र संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको संरक्षकत्वमा सन २०१६ मा स्थापना भएको म्हेन्दोमाया समाज कतारले पहिलो म्हेन्दोमाया साझको सफलता पश्चात् दोस्रो म्हेन्दोमाया साझ – २०१९ पनि सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ।

समाजका अध्यक्ष प्रकाश मम्बा तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाती महासङघ कतारका अध्यक्ष शिव भुजेल रहेका थिए ।भने कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक संघ संस्था, तथा बुद्धिजिविहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मन्तब्यको क्रममा कार्यक्रमका प्रमुख अतिथि भुजेलले बोल्दै म्हेन्दोमाया मौलिक सस्कृती केवल तामाङ जातिको मात्र नभैईसम्पुर्ण नेपालीहरुको भएकोले यसलाई संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्नु हामी सबैको दायित्व तथा कर्तब्य भएको बताए।त्यसैगरी यो म्हेन्दोमाया सस्कृतिलाई प्रबर्द्धन गर्नकोलागी प्रबासमा रहेर पनि अहोरात्र खट्नुहुने आयोजक लगाएत सम्पुर्णलाई धन्यबाद दिदै हाम्रा सम्पुर्ण जातजातिका मौलिक परम्परा सस्कृती साझा नेपाल र नेपालीका सम्पत्ति भएकोले संरक्षणका लागि सबैले आ आफ्नो तर्फबाट सहयोग गर्न समेत अनुरोध गरेका थिए।

कार्यक्रममा विभिन्न संघ संस्थाका ब्यक्तित्वहरुद्वारा सुभकामना मन्तव्य राख्नेका थियो जसअनुसार समीर खत्री ,भाइ काजी गुरुङ,नियम भुजेल,तेज मोक्तान तामाङ, तेज कटुवाल लगायतले पनि म्हेन्दोमाया सस्कृतीको जगेर्ना संगै प्रबर्द्धनको निम्ती जोड दिनुपर्ने बताउदै कार्यक्रम सभ्य तथा भब्य रुपमा सफल रहोस भन्ने शुभकामना ब्यक्त गरेका थिए।

त्यस्तै समाजका सल्लाहकार तथा नेपाल प्रवासी तामाङ समाज कतारका सस्थापक अध्यक्ष शुक बहादुर तामाङले सभाहलमा उपस्तिथि सबैलाई “म्हेन्दोमाया” लाई स्पष्ट पार्दै कार्यक्रम गर्नुको उदेश्य र औचित्यका बारेमा सबैलाई प्रकाश पारेका थिए।साङितिक कार्यक्रम प्रस्तुतिको क्रममा गायक
सुन्दर मोक्तान तामाङको समुहबाट तामाङ हरुको मौलिक बाजा डम्फु बजाएर डम्फुरे गीत गाइएको थियो भने अन्य स्थानिय कलाकारहरू मोहिराम तामाङले “म्हेन्दोमाया हो यो” गीत गाउँदै दर्शक लाई नचाए ।

कार्यक्रमलाई भब्य तथा सभ्य बनाउन समदार प्रस्तुती राख्ने कलाकारहरुमा श्री तामाङ, श्रीचन तामाङ,सोम तामाङ, इन्द्र तामाङ,सुबिसा तामाङ, सृस्टी तामाङ,अस्मिता तामाङ,सल्मा तामाङ,रन्जित तामाङ लगायतका कलाकारले नृत्य र गायन प्रस्तुत गर्दै उपस्थित दर्शक श्रोताहरुलाई भरपुर मनोरंजन दिनुका साथै छमछमी नचाए।

कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथी चर्चित कलाकारहरु सीता लामा,आसिक गोङ्बो तामाङ र गायिका बबिता पाख्रीन तामाङको जादुमय स्वरमा दर्जनौ भन्दा बढी म्हेन्दोमाया, तामाङ सेलो र नेपाली लोकदोहोरि तथा सालैज्यु जस्ता गीतका भाकाहरुमा गीतहरु पस्किदा सास्कृतिक माहोल तातिएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति प्रकाश मम्बा तामाङले बोल्दै कार्यक्रम लाई हरेक तह तप्का बाट सहयोग गर्ने सम्पुर्ण प्रती आभार ब्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोगको कामना गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण सुबास तामाङ र कुमारी बम्जन लामा गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक सन्जय डिमडुङले गरेका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै