तामाङ समाज कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण सम्पन्न

 १ भदौ २०७६

नेपाल प्रबासी तामाङ समाज कतारको पहलमा मृगौला पिडित सरोज तामाङलाई आर्थिक सहयोग गरेको छ।

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण“ भन्ने मुल नाराका साथ कतारमा कार्यरत तामाङ हरुको पहलमा सन् २००५ मा स्थापना भएको विशुद्ध सामाजिक संस्था नेपाल प्रवासी तामाङ समाज कतारद्वारा काभ्रे जिल्ला कालती भुमिडाडा पानौति नगरपालिका वडा नं. १२ निवासी मृगौला पीडित सरोज तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

उक्त आर्थिक रकम हस्तान्तरण कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारका नेपाल सम्पर्क समितिका संयोजक रोशन दोङ तामाङको सभापतित्वमा पुर्ब अध्यक्ष थर्चा लामा महासचिब अशोक सिङ्तन, सन्जय कोमल तामाङ,मनि लामा, सगु प्रोडक्सनका संचालक सोनु लुङ्बा ,ताम्सलिङ टिभिका संचालक रजनी लामा लगायतको सहभागिता रहेको थियो ।

कतार स्थित सबिन तामाङको संयोजकत्वमा नेपाल प्रवासी तामाङ समाज कतार,म्हेन्दोमाया समाज कतार,नेपाल तामाङ कलाकारसंघ कतारका सदस्यहरु साथै अन्य ब्यक्तिहरुबाट सन्कलित रकम ४५०२५ बौद्ध स्थित सगु प्रोडक्सनको कार्यालयमा एक कार्यक्रम गरी सम्बन्धित पीडित ब्यक्तिलाई हस्तान्तरण गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै