नेपाल IDOL बुद्ध लामा र कलाकार संघका अध्यक्ष सन्जिब वाइबा सहितका कलाकार कतार आउने

प्रेम घिसिङ तामाङ 

विगतमा झै यसपाली पनि तामाङहरुको महान चाड मन्जु श्री सम्वत २८५६ सोनाम ल्होछार जिवा ल्हो (मुसा वर्ग) नेपाल प्रबासी तामाङ समाज कतारले नेपालबाट ख्याति प्राप्त कलाकारलाई आमन्त्रण गरि र ख्याति प्राप्त स्थानीय कलाकारहरुको साथमा बृहत रुपमा सांस्कृतिक कार्यक्रम आयोजना गरि ल्होछार मनाउने तयारी थालिएको छ ।

“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले बिगतका बर्षहरुमा झै यो बर्ष पनि तामाङहरुको महान चाड मन्जु श्री सम्वत २८५६ सोनाम ल्होछार जिवा ल्हो (मुसा वर्ग) तथा बृहत् सान्स्कृतिक कार्यक्रम – २०२० मनाउनको लागि तामाङ समाज कतारले समाजले अतिथि कलाकारको रुपमा प्रथम नेपाल IDOL बुद्ध लामा नेपाल तामाङ कलाकार संघका बर्तमन अध्यक्ष सन्जिब वाइबा तामाङ चर्चित सेलो गायिका अन्जु थोकर तामाङ र चर्चित म्हेन्दोमाया गायक राम गोम्जा लाई आमन्त्रण गरिने र साथमा ख्यातिप्राप्त स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष धिरेन तामाङले मुग्लानी खबरलाई जानकारी दिनु भएको छ ।

दोहा स्थित दुवार कुदुप पार्कमा ११ अक्टोबर २०१९ का दिन समाजका अध्यक्ष धिरेन तामाङको अध्यक्षतामा बसिएको बैठकले नेपालबाट चार जना अतिथि कलाकार ल्याउने र कार्यक्रमका तिब्र रुपमा तयारीको लागी कार्य थालिने निर्णय भएको बताएको छ।

अतिथि कलाकारहरुको आवस्यक डमुमेन्टहरु लगायत विभिन्न कार्यहरुको गृहकार्य थालिएको संयोजक गौतम तामाङले जानकारी दिएका छन भने कार्यक्रमको लागी स्थाल यश अघि नै मिसाइद स्थित अम्वाज क्याम्प – २ तोकिएको छ भने कार्यक्रम मिति २४ जनवरि २०२० (शुक्रबार) का दिन हुदैछ । कार्यक्रममा आवातजावतका लागि विगतमा झै यश पटक पनि यातायातको ब्यबस्था गरिने बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै